
विराटनगरः मोरङको लेटाङ नगरपालिका–२ चिसाङ पुल छेउबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले मंगलबार राति साढे ९ बजे लेटाङ नगरपालिका–४ का २६ वर्षीय बिकेन राई, १६ वर्षीय शिशिर घिमिरे, २५ वर्षीय राजकुमार लिम्बू र लेटाङ नगरपालिका–३ की २२ वर्षीया अनु राईलाई पक्राउ गरेको हो ।
निजहरुको साथबाट प्रहरीले लागूऔषध फेनारामाईन २० ट्याब्लेट, फेनारागन २० ट्याब्लेट, लुपिजेसिक २० एम्पुल र डाइजेल्याव १९ एम्पुल बरामद गरेको छ । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।