छुट्टाछुट्टै घटनामा चारको मृत्यु

सुनसरीका युवायुवतीको मृत्यु, टयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु, बालकको डुबेर मृत्यु


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष २२

विराटनगरः झापा र उदयपुरमा मंगलवार भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ ।
झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ६०९८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सुनसरी महेन्द्रनगरका ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र इटहरीकी २८ वर्षीया सलिना राईको मृत्यु भएको हो ।
मोटरसाइकललाई ठक्कर दिने बस तथा चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
यसैगरी उदयपुरको रौतामाई गाउँपालिका–१ मा ट्याक्टर दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–७ का २० वर्षीय केशव विकको मृत्यु भएको छ । गाईघाटबाट नामेटारतर्फ जाँदै गरेको प्रदेश २–०२स्०१–०००१ त १०१७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
यस्तै, झापाको शिवसताक्षी नगरपालिका–२ हिमाली चोक बस्ने विष्णु कार्कीको ११ वर्षीय छोरा विवेक कार्कीको नहरको पानीमा डुबेर मृत्यु भएको छ ।
मंगलबार दिउँसो पौने ३ बजेको समयमा घरदेखि ५०० मिटरको दुरीमा रहेको नहरमा पौडी खेल्ने क्रममा अचानक पानीमा डुबी घाइते भएका बालकलाई तत्काल उद्धार गरी उपचारको लागि लाइफ लाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप