
धरानः ‘तीनपाते’ शीर्षकको म्युजिक भिडियोबाट चर्चा कमाउन सफल कलाकार अनु काफ्ले र कलाकार सागर लम्साल (बले) अभिनित ‘कस्तो लाग्यो तिमीलाई’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यस गीतमा स्वर, शब्द र संगीत अमेरिकामा बसेर गीत संगीतमा सक्रिय गायक लोक पौडेलको रहेको छ । यस गीतलाई रुपम सिंह गुरुङले संगीत संयोजन गरेका हुन् । नवविवाहित दम्पत्तिको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा श्रीमानले श्रीमती प्रति आभार र प्रेम प्रकट गरेका छन् ।
बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् । कलाकार तथा निर्देशक राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।