‘सौरव २०२०’ सार्वजनिक


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष २१

धरानः भुटनिज अमेरिकन म्युजिक एसोसिएशन (बामा) र सौरव म्युजिकको प्रस्तुति रहेको गीति संग्रह ‘सौरव २०२०’ म्युजिक फर ब्रिज सार्वजनिक भएको छ ।
नेपाली गीत संगीत क्षेत्रमा क्रियाशील गीतकार, प्रेरक, अनुवादक तथा समाजसेवी सौरव तिम्सिनाको एकल शब्दमा रहेको गीति संग्रहलाई इन्द्रावती क्रिएशनमार्फत् सार्वजनिक गरिएको हो । यस संग्रहमा ६ वटा गीतहरु समावेश छन् । सम्पूर्ण गीतहरु गीतकार तिम्सिनाको वेवसाइट सौरव २०२० र अन्य थुप्रै डिजिटल प्ल्याटफर्म बाट सुन्न सकिनेछ ।
किरण गजमेर, किशोर शिवाकोटी, टेक दुधराज, रमेश कँडेल, प्रविन दियाली, महेश थुलुङ, टिका लामिछाने, एलबी मोक्तान, निशान राईले विभिन्न गीतमा आफ्नो आवाज दिएका छन् ।
संग्रहका गीतहरुमा अम्बर तुम्बापो सुब्बा, लोकेश गुरुङ, एसडी योगी, अरुण तामाङ र रोनान सुब्बाले संगीत दिएका छन् । संग्रहभित्रका विभिन्न गीतहरुमा गोपाल रसाइली, विकाश राई, किरण कडेल, रिकेश गुरुङ र मोहित मुनालको संगीत संयोजन रहेको छ ।
यस संग्रहमा रहेको ‘छन शब्द’ बोलको गीतको भिडियो समेत निर्माण गरिएको छ । छिट्टै नै अरु नयाँ गीतहरु सार्वजनिक गर्दै जाने गीतकार तिम्सिनाले बताएका छन् । यस संग्रहका गीतहरु सुनेर प्रतिक्रिया दिन निर्माण समुहले संसारभरमा छरिएर रहेका नेपाली संगीतप्रेमीहरुमा आग्रह गरेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप