आजको स्तम्भः स्वास्थ्य र सौन्दर्य विशेष

उफ् चाया !

जाडोमा चायाले किन बढी सताउँछ ?


  • डा. सबिना भट्टराई र एजेन्सी
  • २०७७ पुष १९

कपालमा चाया पर्ने समस्याको शिकार अधिकांश व्यक्ति भइरहेका हुन्छन् । त्यसमा पनि जाडो महिनामा चायाले धेरै सताउछ ।
जाडो होस् या गर्मी कपालमा चाया पर्ने समस्या हुन्छ । चायाका कारण कतिपयलाई यसले ठूलै सास्ति दिइरहेको हुन्छ भने व्यक्तिको व्यक्तित्वमा पनि यसले असर पार्छ ।
टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ ।
यस्तोवेला टाउकोमा सेता, मसिना फुस्रा दाग देख्छिन् जसलाई चाया भनिन्छ ।
किन पर्छ चाया ?
सामान्य अर्थमा भन्नुपर्दा चाया पर्नुको मुख्य कारण सरसफाइ हो ।
कपालको हेरचाह नै चायाको मुख्य कारण हो । यदी तपाईले कपालको हेरचाहमा ध्यान पुर्‍याउनु भएन भने चाया पर्ने सम्भावना हुन्छ । कपाल कम धुनाले चाया पर्ने सम्भावना उच्च हुन्छ ।
शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चाया पर्छ ।
सुक्खा वातावरणमा बस्दा पनि कपालमा चाया पर्ने समस्या हुन्छ ।
लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउकोमा हुने एलर्जीका कारण पनि चाया पर्ने समस्या हुन्छ ।
कसरी बच्ने ?
चायाबाट बच्नका लागि कपालको सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ ।
यसका लागि नियमित रुपमा नुहाउनु आवश्यक छ । यसका साथै सन्तुलित भोजनले पनि चाया उत्पादनमा कमी ल्याउँछ ।
भिटामिनयुक्त खाना खाने, नियमित रूपमा कपाल नुहाउँने, कपालमा अनावश्यक केमिकलको प्रयोग नगर्ने गर्दा चायाको समस्याबाट बच्न सकिन्छ । त्यस्तै, स्याम्पु र तेलको प्रयोग गर्दा पनि निकै ध्यान पुर्‍याउनुपर्छ ।
एन्टीडेन्ड्रफ स्याम्पुको प्रयोग र सफा पानीको प्रयोगमा ध्यान दिन सकियो भने चाया पर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

चाया पर्ने कारण
चाया पर्नुको सही कारण अहिलेसम्म पत्ता लागेको छैन । तर, हाम्रो तालुमा पिटिरोस्पोरम ओभली नामक फंगसको मात्रामा वृद्धि भयो भने चाया पर्छ भन्ने सवालमा छालासम्बन्धी धेरै विशेषज्ञ सहमत छन् । यसबाहेक चाया पर्ने केही कारण खुलाइएका छन् । हर्मोनमा हुने परिवर्तन, वंशाणुगत कारण, नुहाउन अल्छी गर्नु र अस्वस्थ शरीर, टाउकोमा धेरै पसिना आउने समस्या, अस्वस्थ खानपानलगायत चाया पर्ने कारण हुन् । यसैगरी, कपालमा विभिन्न रसायन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग, चिसो मौसम तथा घरभित्र तातो बनाउन पारिएको सुक्खा वातावरण, मानिसमा उत्पन्न भएको लामो समयदेखिको तनाव, थकान र चिन्ता, शरीरमा आउने एलर्जी वा हाइपरसेन्सिटिभिटीले पनि चाया निम्त्याउँछ ।

कसलाई बढी सताउँछ र ?
चाया जुनसुकै उमेरमा पनि पर्न सक्छ । तर, यो विशेषगरी १२ देखि २० वर्षको उमेरमा बढी देखा पर्छ । सामान्यतः जाडो मौसममा यसले बढी सताउँछ । चिल्लो कपाल र चिल्लो तालुमा चाया बढी पर्छ । मानिसको तालु र कपालबाट धेरै तेल वा चिल्लो पदार्थ उत्पादन भयो भने चाया पर्ने सम्भावना बढी हुन्छ । त्यस्तै, मानिसमा देखिने केही रोगका कारण पनि चाया पर्ने गरेको पाइन्छ । रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसमा बढी चाया पर्ने गर्छ । यसका लागि केटोकोनाजोल प्रयोग गर्न सकिन्छ ।

तसर्थ जानिराखौ चाया हटाउने यी १० उपायहरु
१. एक चम्चा माटोमा . गोलभेडाको पेस्ट मिलाएर पेष्ट बनाई कपालमा लगाएर १५/२० मिनेट छोडेर कपाल धोएमा कपालमा रहेको चाया जान्छ ।
२.अमिले दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट जति राखेर नुहाउनुस कपालको चाया जान्छ ।
३. रहरको दाललाई रातभर पानीमा भिजाएर बिहान उठ्ने बितिक्कै पिनेर कपालमा लगाउनुस र आधा घन्टा जति छाडेर नुहाउनुस कपालमा रहेको चाया जान्छ ।
४.करिव ५ वटा कागती काटेर २ लीटर पानीमा उमाल्नुस र चिसो भइसकेपछि कपाल धुनुस तपाईको कपालमा रहेको चाया छिटै हटेर जान्छ ।
५.एलोभेराको रस निकालेर कपालमा दल्नुस र आधाघन्टा जति राखेर पखाल्नुस चाया हटेर जान्छ ।
६.दाना मेथीलाइ रातभर ढड्याएर राख्नुस र बिहान उठेर त्यसको पेष्ट बनाएर कपालमा लगाई आधा घन्टा जति कुरेर पखाल्नुस कपालको चाया निख्रन्छ ।
७. सरस्युको तेल र कागतीको रस मिलाएर कपालमा लगाई मालिस गर्नुस । एक दिन बिराएर यसो गर्न सकेमा तपाइको टाउकोबाट चाया पूर्णरुपले हराएर जान्छ ।
८.ग्लीसीरिन र गुलाव जल मिलाएर राख्नुस र हरेक दिन नुहाउने बितिक्कै अलिकति दल्ने गर्नुस तपाईको कपालबाट चाया हराएर जान्छ ।
९.नरिवलको तेल र कपुर मिलाएर राख्नुस र नुहाउनु भन्दा आधा घन्टा अघि मसाज गर्नुस चाया हराएर जान्छ ।
१०. एक ग्लास पानीमा चार चम्चा बेसन घोलेर पेस्ट बनाउनुस र कपालमा लगाएर एक घन्टा जति छोडेर नुहाउनुस तपाईको कपालबाट चाया हट्छ ।   -एजेन्सी

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप