जाडोमा भिटामिन ‘सी’ कमी भए लाग्छन् रोग


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष १९

भिटामिन ‘सी’ हाम्रो शरीरका लागि निकै महत्वपूर्ण पोषक तत्व हो। यसले हाम्रो स्वास्थ्यमा थुप्रै फाइदा पुर्‍याउँछ। यसमा भिटामिन ‘ई’ को जस्तै शरीरमा अन्य एन्टिअक्सिडेन्ट कार्यलाई बढाउने क्षमता हुन्छ। जो फ्री रेडिकल्सबाट हुने क्षतिलाई कम गर्छ। यसका अलावा भिटामिन ‘सी’ रोग प्रतिरोधात्मक क्षमता अर्थात इम्युनिटी पावरमासमेत सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्छ।
मानिसले रुघा लाग्दा भिटामिन ‘सी’ युक्त खानेकुरामा त्यति ध्यान दिएका हुँदैनन्। जसले गर्दा शरीरमा भिटामिन ‘सी’ को कमी हुन पुग्छ। र, थुप्रै अन्य रोगको पनि सामना गर्नुपर्छ। त्यसैले भिटामिन ‘सी’ को कमीले शरीरमा कुन-कुन रोगको खतरा हुन्छ भन्ने कुरा बुझ्न जरुरी हुन्छ।
शरीरमा भिटामिन ‘सी’ को कमी भयो भने सामान्य कुरामा पनि झर्किने स्वभाव बढ्ने, भोक नलाग्ने, तौल कम हुने, कमजोरी महशुस हुने, खुट्टामा पीडा महशुस हुनुका साथै थकान लाग्ने हुन्छ।
यदि शरीरमा भिटामिन ‘सी’ को कमी भयो भने क्यान्सर जस्तो खतरनाक रोग लाग्ने पनि जोखिम पनि हुन्छ। शरीरमा यसको कमीले मुटु सम्बन्धी रोगका जोखिम बढ्नुका साथै हिस्टामाइनको उत्पादनमा कमी आउँछ र यसको कमीले स्वास सम्बन्धी समस्या बढ्ने जोखिम हुन्छ।
एलर्जी र तनावको समस्या हुनुका साथै जाडो मौसममा शरीर दुख्ने समस्या पनि ‘सी’ काे कमीले पैदा हुनसक्छ। भिटामिन ‘सी’ को नियमित सेवनले शरीरमा कोलेस्ट्रोलको स्तर घटाउन मद्दत पुग्छ। जसले गर्दा हृदय सम्बन्धी विरामीको जोखिमलाई कम गर्न टेवा पुग्छ। त्यसैले मानिसले स्वस्थ रहनका लागि शरीरमा भिटामिन ‘सी’ को कमी हुन दिनु हुँदैन। यसको कमी हुन नदिनका लागि अमला, सुन्तला, किसमिसलगायतका फलफूल खानुपर्छ। जसले शरीरमा भिटामिन सीको कमी हुन दिँदैनन्।

किन चाहिन्छ भिटामिन सी ?
भिटामिन सीको खाद्य पदार्थको माध्यमबाट प्राप्त गर्न सकिन्छ । खासमा भिटामिन सीको राम्रो स्रोत आलु, सुन्तला, टमाटार हुन् । यसको साथै रातो खुर्सानी, अनारस, स्ट्रबेरी, स्याउ, अमिलो रसिलो फल, काँचो फल र सब्जीहरुमा भिटामिन सी पाइन्छ । अमला, कागती, अंगुर, केरा, अम्बा, मौसम, बयर, कटहर, सलगम, पुदिना, मुलाको पात, किसमिस, दुध, चुकन्दर, बन्दाकोपी, हरियो धनिँया, लट्टे र पालुंङोको साग इत्यादि भिटामिन सीको राम्रो स्रोत हो ।
भिटामिन सीको कमिको कारण केहि रोग जस्तै मोतिबिन्दु, छालाको रोग, गर्भपतन, रक्तअल्पता, भोक नलाग्नु आदि हुन सक्छ । भिटामिन सीले शरिरलाई धेरै रोगबाट बचाउन सहयोग गर्छ । यसको साथै श्वासप्रस्वास र पाचन प्रणाली सम्बन्धी रोगबाट पनि मुक्त गराउन सहयोग गर्छ ।
भिटामिन सी शरिरको लागि एकदमै महत्वपुर्ण छ । यसको कमि भएमा स्कर्भी रोग लाग्छ । साथै धेरै रोग लाग्ने सम्भावना पनि बढ्छ । यसको सेवनले क्यान्सरको सम्भावनाको पनि कम गर्छ । सबैभन्दा महत्वपुर्ण कुरा मस्तिष्कको कार्यमा पनि सहायक भुमिका खेल्छ । भिटामिन सीको मद्दतले हड्डि जोडिने कोलाजेन पदार्थ, ब्लड भेसल्स, लिगामेन्टस्, कार्टिलेज आदि अंगको पुर्णरुपबाट निर्माण सम्भव हुन्छ ।
भिटामिन सी मस्तिष्कमा एक रसायन सेराटोनिन बन्न महत्वपूर्ण भूमिका निभाउँछ र सेराटोनिन नामक रसायन हाम्रो निन्द्राको लागि जरुरी हुन्छ । यसले कोलेस्ट्रोलको पनि नियन्त्रणमा राख्छ ।
शरिरमा भिटामिन सी ले रसायनिक क्रियामा पनि सहयोग गर्छ जसकारण कोसिकाहरु सम्म उर्जा प्रवाहित गर्छ । भिटामिन सीले आँखाको रोग ग्लुकोमाबाट आँखालाई बचाउन सकिन्छ । यसको सेवन सन्तुलित मात्रामा गरेमा धेरै फाइदा हुन्छ ।
भिटामिन सी युक्त खाद्यपदार्थलाई ग्यास वा ओभनमा पकाउने वा उमाल्ने र धेरै लामो समय सम्म पौष्टिकता कम हुन्छ । त्यसैले भिटामिन सीको धेरै भन्दा धेरै लाभ उठाउनको लागि काँचो फल वा सब्जी नै खानुपर्छ ।

भिटामिन सी बाट हुने हानीः
भिटामिन सीको उपयोग धेरैजसो मानिसहरुको लागि गरिन्छ, जसलाई यसको आवश्यकता हुन्छ । खासगरी छाला सम्बन्धी समस्या भएमा यसको सेवन गरिन्छ । जव मांसपेशी र धमनीहरुमा इन्जेक्सन लगाइन्छ तव यसको प्रयोग गरिन्छ । तर केही मानिसमा भिटामिन सी वाक वाक लाग्ने, उल्टी हुने, छाती पोल्ने, पेट दुख्ने, टाउको दुख्ने र अन्य दुष्प्रभावको कारण बन्न सक्छ । यस दुष्प्रभावको सम्भावना धेरै भिटामिन सीको खपतबाट हुन्छ ।
प्रतिदिन २००० मिलीग्रामभन्दा धेरै मात्रा सम्भवतः असुरक्षित हुन्छ । यसको केही दुष्प्रभाव हुन सक्छ । जसमा किड्नीमा पथरी र झाडापखला पर्छ । जुन मानिसमा किड्नीको पथरी हुन्छ उनमा प्रतिदिन १००० मिलीग्राम भन्दा बढीमात्रामा किड्नीको पथरी हुने खतरा बढ्छ । -एजेन्सी

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप