फेरि दौडिँदैछ धरान

यसपटक थोरै प्रतियोगी सहभागिता गराइने


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष १८

धरानः धरानमा धरान टेन के रन नवौं नेवाः च्यारिटी २०२१ आयोजना हुने भएको छ ।
अब फेरि फागुन ८ गते धरानेलगायत देशभरका प्रतिस्पर्धी दौडिँदैछन् । शिक्षाका लागि च्यारिटी दौड नारा दिइएको सो प्रतियोगिता धरान रनको आयोजनामा विगत वर्षहरूमा झैं यस वर्ष पनि दौड प्रतियोगिता हुन लागेको हो । तर यसपटक फरक तरिकाले प्रतियोगिता आयोजना गरिने भएको छ ।
यसपटक १०० जनालाई मात्रै सहभागी गराइने आयोजक संस्थाका अध्यक्ष रमु राईले जानकारी दिए । ‘स्टे फिट एण्ड हेल्थी, फाइट अगेन्ष्ट कोभिड–१९ नारासहित आयोजना हुने प्रतियोगितामा बढीमा एक सय जना मात्र धावकधाविका सहभागी गराइनेछ’, धरानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राईले जानकारी गराए । धरानको भानुचौकको पुतलीलाइनबाट दौड शुरू हुने आयोजकले जानकारी दिएको छ ।
पुरुषतर्फ १० किलोमिटर रुटमा ४० मिनेट रेकर्ड अवधि भएका र महिलातर्फ ५० मिनेट रेकर्ड अवधि भएकाले सहभागी हुन पाउने उनले जानकारी दिए । उत्कृष्ट राष्ट्रिय तथा अन्तराष्ट्रिय धावकधाविकाहरु समावेश हुने र च्यारिटी कार्यक्रम पनि भएकोले दर्ता शुल्क भने एक हजार लिइएको उनले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने धावधाविकालाई जनही ५० हजार, ३० हजार, २० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । दौडमा प्रयोग हुने सम्पूर्ण कुराहरु प्लाष्टिक रहित रहने जसले एउटा अभियान समेत सुरुवात हुने लक्ष्य रहेको उनले बताएका छन् ।
प्रतियोगितामा उमेर समूह नहुने भएकोले यसपटक खुला क्याटगोरी मात्र हुने उनले जानकारी दिए । यस्तै, चौथो र पाँचौं स्थान हुनेलाई पनि सान्त्वना पुरस्कार, आकर्षक मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । यसपटक सामुदायिक विद्यालयका २४ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइने उनले जानकारी दिए । तस्वीरः लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप