बगरकोटभरी पनि छातैछातै

धरानको ‘अम्ब्रेला स्ट्रिट’ ले पनि कमायो चर्चा, पर्यटक भित्रयाउने काइदा: व्यवसायी


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष १७

धरानः धरानको बगरकोटभरी पनि छातैछाता झुन्ड्याइएको छ ।
बगरकोट पुलपारी मात्रै यसअघि छाता झुन्डयाइएको थियो । अंग्रेजी नयाँ वर्ष २०२१ को स्वागतको लागि बगरकोटलाई छाताले सजाउँदै रङ्गीचङ्गी बनाइएको बगरकोट व्यवसायी मञ्चका अध्यक्ष जीवन मेन्याङ्बोले जानकारी दिए । यहाँ पाँच सय वटा छाता छुन्ड्याइएको उनले जानकारी दिए । ‘कोरोनाले सुस्ताएको बगरकोटलाई उठाउन पनि केही नयाँ ‘कन्सेप्ट’ ल्याइएको हो’, उनले भने, ‘यसले थप पर्यटक भित्रयाउन थालेको छ ।’
काठमाडौं, चितवनमा चर्चामा आइरहेको ‘अम्ब्रेला स्ट्रिट’ ले बगरकोटको थप चर्चा चलिएको व्यवसायी भिन्टेजका सञ्चालक एसडब्लु लामिछानेले जानकारी दिए । धरानको बगरकोट पुलपारी करिब ३५ हजार रुपैयाँको छाता आकाशमा झुन्डयाइएपछि बगरकोटभरी नै छाता झुन्डयाउने भनेर व्यवसायी लागिपरेको र व्यवसायमा थप राहत पुगेको उनको भनाइ छ ।
‘छाताले मानिसहरुलाई निकै लोभ्याएको छ’, उनले भने, ‘टिकटक बनाउन र फोटो सेसन गर्न, सेल्फी हान्ने यहाँ बढेका छन् ।’ काठमाडौं, चितवनमा प्रयोग गरेको कन्सेप्टले जति चर्चा पायो उति नै यस ठाउँले पनि चर्चा पाएको उनको दावी छ ।
बगरकोटका व्यवसायी समितिका पदाधिकारी, वडाध्यक्षलगायतले साथ दिएपछि यहाँ छाता झुन्डाउन सफल बनेको व्यवसायीले बताए । बगरकोट टुरिजम एरिया भएकोले पनि यहाँ यो कन्सेप्टलाई उतार्न लागिएको उनको भनाइ छ । अहिले त्यहाँका व्यवसायीले करिब एक डेढ घण्टामात्रै होटल सञ्चालन गर्न पाएकोमा दुःख लागेको बताएका छन् । उनीहरुले लकडाउनअघिकै सिष्टममा होटल खोल्न पाउनुपर्ने माग राखेका छन् ।
त्यस्तै, अहिले छाता झुन्डाउने कन्सेप्टसँगै यसले अर्को पनि चर्चा कमाउन थालेको छ । अधिकांशले सामाजिक सञ्जालमा भन्न थालेका छन्– धरानको छाताचोकमै छैन त छाता तर…।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप