नयाँ शैक्षिक सत्र असारदेखि !


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष १७

धरानः नयाँ शैक्षिक सत्र असारदेखि शुरु गर्ने प्रस्ताव गरिएको छ ।
शिक्षा मन्त्रालयले भने चालु शैक्षिक सत्रलाई जेठमा सक्ने र असारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने प्रस्ताव गरेको हो ।
चालु शैक्षिक सत्र कहिले अन्त्य गर्ने अनिश्चित भइरहेको अवस्थामा शिक्षा मन्त्रालयले यो वर्षको शैक्षिकसत्र जेठमा सक्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको जनाइएको छ ।
शिक्षा मन्त्रालयले शैक्षिकसत्र व्यवस्थापन र परीक्षाको विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको हो । शिक्षक, प्रदेश, स्थानीय सरकार र सम्पूर्ण सरोकारवाला सबैको राय सुझाव लिएर पेस गरिएको प्रस्तावमा ७८ सालको असारबाट शैक्षिकसत्र सुरु गर्ने योजना छ ।
सामान्यतयः वैशाखबाट सुरु गरिने शैक्षिक सत्र २०७८ सालको असारबाट शुरु गर्ने र सो शैक्षिक सत्रलाई १० महिनामा सीमित गर्ने शिक्षा मन्त्रालयको प्रस्ताव छ ।
कोरोना कारण यस वर्षको शैक्षिक क्यालेण्डर लथालिङ्ग नै बनेको अवस्था छ । शैक्षिक सत्रलाई पुरानै लयमा फर्काउन दुई–तीन वर्ष लाग्ने मन्त्रालयको भनाइ छ । मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड मार्फत नै कक्षा ९ र रजिष्ट्रेसन फाराम तथा एसइईको आवेदन फारम खुलाएको छ । यद्यपि एसइई परीक्षा सञ्चालनको जिम्मा कसलाई दिने भन्नेमा अझै निर्णय भईसकेको छैन ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप