मुख्यमन्त्री राईद्वारा १५ सांसद निलम्बनमा


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष १६

विराटनगरः प्रचण्ड-नेपाल समूहले नेकपा प्रदेश १ को दलको नेताबाट हटाएका मुख्यमन्त्री शेरधन राईले सो समूहका १५ सांसदलाई निलम्बन गरेका छन् ।
दलको नेतालाई थाहै नदिई मुख्यमन्त्रीवरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको, पत्रमा हस्ताक्षर गरेको भन्दै १५ सांसदलाई तीन महिनाका लागि निलम्बन गरेको मुख्यमन्त्री राईले जानकारी दिए । पार्टी विधानविपरीत काम गरेको भन्दै दाहाल–नेपाल समूहका १५ जना प्रदेशसभा सदस्यलाई तीन महिनाका लागि निलम्बन गरी अनुशासनको कारबाही गरेको जनाएका छन् ।
प्रदेशसभा सदस्यलाई निलम्बन गरेको बोधार्थ पत्र प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा सचिवालयमा बुझाएका हुन् । राईले दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको र जवाफ नदिएपछि कारबाही गरेको राईले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएका छन् ।
निलम्बनमा पर्नेमा प्रदेश सांसद् भीमप्रसाद आर्चाय, जीवन घिमिरे, इन्द्रबहादुर आङबो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लीलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई, यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धीरेन्द्र शर्मा, टंक आङबुहाङ लिम्बु र कुसुम कुमारी श्रेष्ठ रहेको उनले जानकारी दिए ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकवहादुर मगर र रामकुमार राईले भने जवाफ दिन्छौं भनेका कारण तत्काल कारबाही नगरिएको उनले बताए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप