
धरानः यसपटकको एसइई परीक्षा जेठमा हुने भएको छ । जेठमा लिने तयारीस्वरुप राष्ट्रिय परीक्षा बोर्डले पनि यसै अनुसार तयारी थालेको छ ।
जेठ महिनामा एसइई सञ्चालन गर्न सक्ने गरी त्यसको तयारी सुरु गरेको बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले बताए । ‘जेठमा मात्रै परीक्षा गर्न सक्ने सम्भावना छ’, उनले भने, ‘विद्यार्थीलाई चैत–वैशाखसम्म अध्ययन गर्ने समय दिनुपर्छ भनेर लागिरहेका छौं, त्यसैले जेठ महिना परीक्षाका लागि उपयुक्त समय देखिएको छ ।’
यस पटकको एसईई परीक्षा कुन विधिबाट सञ्चालन गर्ने भन्ने अहिले सम्म स्पष्ट निर्णय नगरिएको र विद्यार्थीको अन्तिम विवरण आएपछि सरकारले यस विषयमा निर्णय गर्ने पनि अध्यक्ष पौडेलले बताए ।
बोर्डले २०७६ सालको एसईई परीक्षा भने, कोभिड–१९ का कारण विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गरेको थियो ।