भीम आचार्य बने प्रदेश १ को संसदीय दलको नेता


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष १६

विराटनगरः प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्यलाई चुनेको छ ।
मुख्यमन्त्री रहेका शेरधन राईलाई हटाउँदै उनलाई संसदीय दलको नेता चुनेको हो । नेकपाको प्रदेश १ का सांसदहरुको हिजो बुधबार बसेको बैठकले उनलाई संसदीय दलबाट हटाउने निर्णय गरेको हो ।
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो पक्षले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको प्रदेश सांसद राजेन्द्र राईले जानकारी दिए । नेकपाका ६७ सांसदमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
‘हिजो विराटनगरमा बसेको बैठकले शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएर भीम आचार्यलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो,’ प्रदेश १ का सांसद तथा निवर्तमान मन्त्री इन्द्र आङबोले भने ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बुधबार बसेको बैठकले दलको नेताबाट राईलाई हटाएर बहुमत सदस्यले भीम आचार्यलाई दलको नेतामा चयन गरेको पत्र बिहीबार बिहान दर्ता भएको हो । पत्रमा ३६ जनाको हस्ताक्षर छ ।
यसअघि अविश्वासको प्रस्तावमा ३७ जनाको हस्ताक्षर थियो । हस्ताक्षर गर्ने सांसद कला घले ओली पक्षमा लागेकी छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप