कविताः म लडेको बेला


  • मनोज राई नाम्दुङ ‘सकल्प’
  • २०७७ पुष ८

निरन्तर सघंर्षपश्चात्, अलि अलि चढ्दै जाँदा
निर्दाेष ती पाइलाहरु, अलि अलि सर्दै जाँदा
ठोकिएर
लरखरिएर
थाकिएर
मलाई नधेकल अझ
म लडेको बेला
मलाई प्रहार नगर
म हिँडिरहेका बेला
कारण
म त ती तिम्रो धकेलाईले पछारिएर
अझ बलवान् भएको छु
पाइला–पाइलामा चोट थपेर
अझ दरिलो भएको छु
मेरो सपनाको संसार, अलि अलि बुन्दै गर्दा
मैले जीवनका रङ्गहरु, अलि अलि
क्यानभासमा सजाउदै जाँदा
अलमलिएर
रङ्ग लतपतिएर
क्यानभास च्यातिएर
आधा रातमा नब्युझाउँ मलाई
म सुतेको बेला
रङ्गहरु नपोखिदेउ यता र उता
क्यानभास च्यात्तिएको बेला
कारण
म त तिम्रो घच्घच्याइले
अझ ठूलो सपना बुन्न थालेको छु
म त तिम्रो जलनले
अझ ठूलो क्यानभास रङ्गाउनतिर लागेको छु
मेरो स्वभिमानका कविताहरु, अलि अलि रच्दै गर्दा
मेरो माटोको कथाहरु, अलि अलि कोर्दै जाँदा
एकाग्रता भङगिएर
सिद्धान्त बाङ्गीएर
दिशाहीन भएर
विचारहरुलाई नअल्मल्याइ देऊ
स्वाभिमानी शब्दहरु नाचिरहँदा
बाटो नमोडिदेऊ
माटोको सङ्घर्षका कथाहरु कोर्दा
कारण
म त तिम्रो सस्तो लोकप्रियताले
अझ उर्जावान बनेको छु
म त तिम्रो दायित्व प्रविधिले
अझ धेरै राष्ट्रभक्त बनेको छु
व्यर्थ छन्
जलन
आरिष
इष्र्या
घृणा
दासत्व
कुविचार
बरु
यी सब त्यागेर
आफूले आफूलाई सम्हालेर
फैलिएर जाऊ न तिम्रो छाती, धर्ती जस्तै
अग्लिएर जाउ न आफ्ना विचारहरु, आकाश जस्तै
गहिरिएर जाउन् आफ्ना सोचहरु सागर जस्तै

गर विकास आफ्नो व्यक्तित्वको
रच इतिहास आफ्नै जिन्दगीको ।
धरान, सुनसरी

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप