पर्यटन क्षेत्रमा उतार-चढाव


  • निनाम कुलुङ ‘मंगले’
  • २०७७ पुष ८

सन २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेइको राजधानी सहर वुहानबाट पैmलिन सुरु भएको महामारी कोरोनाभाइरस (कोभिड–१९) का कारणले गर्दा यो वर्षको विश्वभरि नै हवाई यात्रुको संख्या उल्लेख्य संख्यामा घटेका छन् भने विश्य पर्यटन उद्योग पनि एक किसिमले विश्वभरि नै रौनकविहीन भयो । कोरोना भाइरसको महामारीकै कारण गत सेप्टेम्बरमा २७ का दिन पर्ने ४१ औं ‘विश्व पर्यटन दिवस’ रौनकविहीन भएको थियो । अर्थात् विश्वका अधिकांश देशहरुले विगत वर्षहरुमा जस्तो विभिन्न कार्यक्रम र झाँकीसहित ‘विश्व पर्यटन दिवस’ मनाएनन्, मनाउन पाएनन् । हुन पनि नेपालको ठमेल जस्तो पर्यटकीय क्षेत्रमा समेत यो वर्षको ‘विश्व पर्यटन दिवस’ मा विदेशी पर्यटक देख्न दुर्लभ भएको थियो ।
हुन त नेपालमा पर्यटन व्यवसायको इतिहास त्यति लामो छैन । विगतमा नेपालमा लामो समयदेखि चलेको जहाँनियाँ (१०४ वर्षे राणा शासन) राणा शासनकालमा विदेशीहरुलाई नेपालमा भ्रमण गर्न लगभग प्रतिबन्ध जस्तै थियो । किनभने, त्यो बेला जो पायो त्यो विदेशीले नेपालको भ्रमण गर्न पाउँदैन थिए, केही देशका कूटनीतिज्ञहरुले बाहेक । तर, राणा शासकहरुले आफूले रिझाउनुपर्ने देशका राजा, महाराजाहरु र कुटनीतिज्ञहरुलाई भने सिकार खेल्न, मनोरञ्जन गर्न आपैm निम्ता गरेर पनि बोलाउने गर्थे । त्यस्तै, ठूलै मिसनसहित नेपाल आउने विदेशीहरुले पनि आफ्नो देशको सरकारको विशेष सिफारिसमा मात्रै राणा शासकहरुबाट अनुमति पाउँथे भन्ने भनाइ छ ।
यसरी हेर्दा विसं २००७ सालमा आएको राजनैतिक परिवर्तनपछि विस्तारै विदेशीहरुका लागि नेपाल भ्रमण गर्न खुल्ला गरियो । त्यो बेला विदेशीलाई नेपाल भ्रमण गर्न खुल्ला गरिएको वा अनुमति दिन थालिएको भए तापनि विदेशीहरुका लागि नेपालमा अस्थाई रुपमा खान र बस्नका लागि होटल, लज आदिको व्यवस्था थिएन । विस्तारै यस्तो व्यवस्था काठमाण्डौ उपत्यका सुरु भयो । तर उपत्यका बाहिरका लागि केही व्यवस्था थिएन । त्यस्तै, काठमाण्डौ उपत्यका सहरबाहिर जानका लागि हवाई तथा सडक यातायात लगायत पूर्वाधार विकासमा पनि नेपाल धेरै पछि नै थियो । त्यसैले विसं २००७ देखि वि.सं २०१५–०१६ साल (सन् १९४९(५० देखि १९५९–६०) बीचको संक्रमणकालीन अवस्थासम्म पनि नेपालमा अपेक्षितरुपमा विदेशीहरु पर्यटकको रुपमा भ्रमण गर्न खासै आएनन् ।
तथ्य–तथ्यांक नै हेर्ने हो भने, तत्कालीन श्री ५ को सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २००२ मा निकालेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२००२’ मा उल्लेख भएअनुसार नेपालमा विदेशीहरुलाई खुल्ला गरे यता सन् १९६२ सम्ममा ६ हजार १ सय ७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने, सन् १९६२ देखि सन् १९६६ बीचको ४ वर्षमा १२ हजार ५ सय ६७ जना विदेशी पर्यटकहरुले नेपालको भ्रमण गरेका थिए । त्यस्तै, १९६६ देखि १९७० सम्मको ४ वर्षे अवधिमा ४५ हजार ९ सय ७० जना, १९७० देखि १९७४ सम्मको ४ वर्षे अवधिमा ८९ हजार ८ सय ३८ जना, १९७४ देखि १९७८ को ४ वर्षे अवधिमा १ लाख ५६ हजार १ सय २३ जना, १९७८ देखि १९८२ सम्मको ४ वर्षे अवधिमा १ लाख ७५ हजार ४ सय ४८ जना, १९८२ देखि १९८६ सम्मको ४ वर्षे अवधिमा २ लाख २३ हजार ३ सय ३१ जना, १९८६ देखि १९९० सम्मको ४ वर्षे अवधिमा २ लाख ५४ हजार ८ सय ८५ जना विदेशीहरुले नेपालमा पर्यटकको रुपमा भ्रमण गरेको तथ्यांक देखन्छ ।
त्यसो त तत्कालीन श्री ५ को सरकारले सन् १९९८ पहिलोपटक नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढाउने, उनीहरुको नेपाल बसाई अवधिको समय बढाउने, उनीहरुले नेपालमा रहँदा गर्ने दैनिक खर्च दर बढाउने लगयात उदेश्य राखेर पहिलो पटक ‘नेपाल भ्रमण वर्ष–१९९८’ मनाएको थियो । स्मरणीय छ, सो वर्ष ५ लाख विदेशी पर्यटक नेपाल भित्रयाउने, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको दैनिक खर्च प्रति व्यक्ति प्रतिदिन ४५ अमेरिकी डलर पुरयाउने, नेपाल आउने विदेशी पर्यटकको बसाई अवधि १२ दिन पुरयाउनेलगायतका लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइएको भए तापनि पनि सो वर्ष सरकारद्वारा घोषित कुनै पनि लक्ष्य पूरा भएन । तापनि सो वर्ष ४ लाख ६३ हजार ६ सय ८४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे । लगत्तै अर्थात् सन् १९९९ मा भने ४ लाख ९१ हजार ५० सय ४ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए । तर, सो संख्या बढोत्तरी हँदै जानुपर्नेमा सन् २००० मा घटेर ४ लाख ६३ हजार ६ सय ४६ जनामा झर्यो । अझ सन् २००१ मा त नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या घट्ने क्रम बढेर ३ लाख ६१ हजार २ सय ३७ जनामा झरेको थियो । त्यस्तै, सन् २००२ मा त नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या सन् १९९९ को ४ लाख ९१ हजार ५० सय ४ जना विदेशी पर्यटकको तुलनामा लगभग ४७÷४८ प्रतिशत (झण्डै आधा) ले घटेर २ लाख ७५ हजार ४ सय ६८ जनामा झरेको थियो । तथ्यांक स्रोतः श्री ५ को सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २००२ मा निकालेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२००२’ नामक किताब ।
समग्रमा हेर्दा २०६२–०६३ को तेस्रो जनआन्दोलनपछि भने नेपाल आउने विदेशी पर्यटकहरुको संख्या लगातार बढी रहेको थियो–छ । यो हाम्रा लागि सुखद् समाचार नै हो । त्यसो भए तापनि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरुले नेपालमा आएर गर्ने दैनिक खर्च र, उनीहरुको नेपाल बसाई अवधि आदिमा बढोत्तरी हुन नसक्नु भने दुःखद् नै मान्नुपर्ने हुन्छ । हुन सक्छ, त्यसो हुनुमा नेपाल सरकारको पर्यटन नीति अभैm पनि विदेशी पर्यटक मैत्री नभएर पनि होला, त्यस्तै नेपालका पर्यटन व्यवसायीहरुले पनि कमी कमजोरी गरेका होलान् नै । त्यसैले हामीले नेपाल आउने विदेशी पर्यटकहरुको टाउका (संख्या) पनि गन्ने, उनीहरुले नेपाल भ्रमण गर्न आउँदा गर्ने दैनिक खर्च र नेपाल बसाईमा पनि सुधार ल्याउनेतर्पm सोच्ने वा भनौं कदम चाल्दै जाने गर्नुपर्ने देखिन्छ । त्यसैले अब नेपाल सरकार, नेपालका निजी क्षेत्रका पर्यटन व्यवसायी, पर्यटन मजदरहरु लगायत सरोकारवालाहरुले यस विषयमा विषेश ध्यान दिनुपर्ने देखिन्छ ।
पछिल्लोपटक नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या सन् २०१५ मा घटेको भएता पनि सो वर्ष विदेशी पर्यटकहरुले आफ्नो नेपाल बसाई अवधिमा गरेको दैनिक खर्च भने, हालसम्मकै सबैभन्दा धेरै रहेको थियो ।
स्मरणीय छ, सन् २०१५ मा विदेशी पर्यटकहरुले आफ्नो नेपाल बसाई अवधिमा गरेको दैनिक खर्च लगभग ७१ अमेरिकी डलर थियो । जबकी सन् २०१७ मा औसतमा एकजना विदेशी पर्यटकले आफ्नो नेपाल बसाइको क्रममा ५५ अमेरिकी डलर दैनिक खर्च गरेका थिए भने् सन् २०१८ मा एकजना विदेशी पर्यटकले औसतमा दैनिक ४४ अमेरिकी डलर मात्रै खर्च गरेको देखिन्छ । सुन्दा तितो लागे तापनि यो तथ्यांकले नेपाल वास्तवमै विश्वका ‘वेस्ट टुरिस्ट’ (जताभावी फोहर गर्ने, प्राकृतिक वातावरण बिगार्ने, संस्कार, संस्कृति नष्ट गर्ने) हरुका लागि सँधैका लागि गन्तव्य अर्थात् स्वर्ग बन्दै जाने त हाइन ? भन्ने पनि देखिन्छ ।
थप केही जानकारी चाहिएमाः ९८४९९८५९९७, ९८६२४३६०४९
[email protected]

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप