
धरानः पछिल्लो केही समययता क्वारेन्टाइन, सामाजिक दूरी तथा कोरोनाले पुरयाएको क्षतिबारेको दुखद समाचारहरूले धेरै मानिसको मनमा निरशा, त्रास एवं तनावको वातावरण सिर्जन गरेको छ ।
विभिन्न अनुसन्धानहरूले निराशा एवं तनावले मुटुमा नकारात्मक प्रभाव पार्ने देखाएका छन् । बरु हाँसो, खुसी एवं उमंगले मुटुको सुरक्षा तथा सम्बर्द्धनमा सघाउ पु¥याउन सक्छ ।
हालैको एक अध्ययनले हाँसोले स्वस्थ रक्तवाहिनीको विकासमा भूमिका खेल्ने देखाएको छ । अध्ययनका अनुसार हाँस्दा दिमागमा पैदा हुने ‘इन्डोरफिन’ नामक रसायनले रक्तवाहिनीको भित्री रेशालाई सक्रिय गराउँदछ ।
त्यो सक्रिय रेशाले ‘निट्रिक अक्साइड’ नामक ‘मलिक्युल’ पैदा गर्छ जसले शरीरको धमिनीहरुलाई आराम एवं सहजता प्रदान गर्दछ । यसैगरी अध्ययनले हाँस्दा ‘कोर्टिसोल’ र ‘इपिनफ्रिन’ नामक ‘स्टे«स हर्मोन’ (तनावको श्रृजना गर्ने रसायन) को उत्पादनमा कमी आउने देखाएको छ ।
कोर्टिसोल र इपिनफ्रिन रक्त वाहिनीमा संकुचन ल्याउने हर्मोन हुन् जसले उच्च रक्त चाप, स्ट्रोक र हृदयघात लगायतको जोखिमलाई बढाउँछ ।
यसैगरी, हाँसोले शरिरमा एण्टीबडी उत्पादन गर्ने कोषहरुमा बृद्धि ल्याइ ब्यक्तिको रोगसँग लड्ने क्षमतालाई बढाउने पनि अध्ययनले देखाएको छ । -एजेन्सी