धरानमा कांग्रेसले सागका पदक बिजेता खेलाडीलाई नगदसहित सम्मान र रक्तदान गर्ने


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष २

धरानः धरानमा नेपाली कांग्रेसले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा सवर्णपदक र रजत पदक बिजेता खेलाडी तथा प्रशिक्षकहरुलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
योसँगै कांग्रेसले बृहत रक्तदान कार्यक्रम पनि आयोजना गर्ने भएको छ । नेपाली कांग्रेस पार्टीको संरक्षण, केन्द्रीय खेलकुद विभागको आयोजनामा धरानमा रक्तदानको साथै सम्मान कार्यक्रम गर्ने भएको धरानमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रमका अध्यक्ष एवं नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका केन्द्रीय सदस्य किशोर राईका अनुसार कार्यक्रम पुस ४ गते शनिबार आयोजना हुनेछ ।
धरान-१२ स्थित अमान बजारमा रहेको पार्टी कार्यालयमा यस्तो कार्यक्रम राखिएको उनले जानकारी दिए । ‘कोभिड–१९ को संक्रमणका कारण देशैभरी रगत अभाव भएको भन्दै धरानमा पनि रगत अभाव भएकोले रक्तदान कार्यक्रम गर्ने तयारी अन्तिम चरणमा पुगेको छ’, उनले भने ।

त्यसैेदिन धरान क्षेत्रबाट १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण र रजत पदक बिजेता खेलाडी तथा प्रशिक्षकहरुलाई नगद पुरस्कारसहित सम्मान गरिने उनले जानकारी दिए । सो अवसरमा धरानस्थित बीपी प्रतिष्ठानकी एक नर्स, धरान उपमहानगरको सरसफाइमा खट्ने कुचीकारलाई पनि नगदसहित सम्मान गरिने जनाइएको छ । कार्यक्रममा अन्य क्षेत्रमा योगदान पु¥याउने संघसंस्था तथा ब्यक्तिलाई समेत सम्मान गरिने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस्तै, विभिन्न सामाजिक संघसंस्था र व्यक्तिलाई पनि सोहीदिन सम्मान गर्ने कार्यक्रम छ । रेडक्रस , जेसिज, सञ्जीवनी, होप धरान, लायन्स क्लब, परिवार नियोजनलगायत साथै महिलाको क्षेत्रमा काम गर्ने मिना पुलामीमा पनि सम्मान गरिने कार्यक्रम छ ।
कार्यक्रममा केन्द्रीय खेलकुद विभाग प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ । कार्यक्रममा प्रदेश १ संसदीय दलका नेता सांसद राजीव कोइराला, खेलकुद विभागका केन्द्रीय उपाध्यक्ष एवं सभासद मोहनकुमार राई लगायतको उपस्थिति रहनेछ ।
बिजेता खेलाडीहरुमा सिना मादेन, टंकबहादुर कार्की, शुक्रबहादुर राई, सुशिला राई, हेमन्त थापा, युनिषा राई र प्रशिक्षकहरुमा गोपाल राई, मदन राई, विकास चाम्लिङ राई, अनुप लामा र दीपेश शाक्य लगायतलाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ । कार्यक्रमको सञ्चालन विजय आच्छामीले गरेका थिए भने सुरज तामाङले प्रेस विज्ञप्तिबारे जानकारी गराएका थिए । तस्वीरः लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप