
धरानः अधिकांश युवापुस्ता आफ्नो जन्मदिन घरमै वा अन्यतिर पाटी दिएर मनाउने गरिरहेको समयमा धरानकी एक युवतीले भने फरक तरिकाले मनाएकी छिन् ।
मिस स्टेट १ की बिजेता रजनी तुम्सा (लिम्बू) ले आफ्नो जन्मदिन फरक तरिकाले मनाएकी हुन् । उनले जन्मदिन बाल आश्रममा गएर मनाएकी छिन् ।
धरानस्थित सरस्वती बाल आश्रममा पुगेर उनले केक काटिन् र केक समेत खुवाइन् । यस्तै, उनले बालबालिकालाई एकछाक मासुभात पनि खुवाएर फर्किएकी छिन् । ‘विशेषतः जन्मदिन यस वर्ष फरक तरिकाले मनाऔं भन्ने उद्देश्यले यसो गरेकी हुँ, यहाँ आएर बालबालिकालाई खाना खुवाउँदै जन्मदिन मनाउँदा आत्मसन्तुष्टि मिलेको छ ।’
उनी प्रतिभावान छिन् । प्रतिभा प्रदर्शनकै कारण उनी धरानमा सम्पन्न मिस स्टेट १ २०१९ की विजेता बनेकी थिइन् । २९ जना बालबालिका आश्रित सो आश्रम यस्तै दाताहरुकै भरमा चलिरहेको छ । तस्वीरः हाम्रो कोशी आवाज