
विराटनगरः मोरङ सुनबर्सी–५ झुगी चोकस्थितबाट हतियार सहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानका ४१ वर्षीय राजकुमार मण्डल रहेका छन् । विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मण्डललाई हिजो दिउँसो सवा १२ बजे नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणपश्चात् उनी उपर चेकजाँच गर्दा कम्मरमा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली र नगद १९ हजार ३ सय २५ रुपैयाँ समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
उनीउपर थप अनुसन्धान तथा इलाका प्रहरी कार्यालय रंगेलीबाट कानुनी कारबाही अगाडि बढाइएको छ ।