धरान-१० र ११ का दुईजना व्यक्ति पक्राउ

लागूऔषध, छुरा, तरबार, खुकुरी, नक्कली बन्दुक बरामद


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर १९

धरानः प्रहरीले धरान–१० र ११ का दुईजनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानले धरान–१० बस्ने वर्ष ३८ को पूर्णबहादुर लिम्बू र धरान–११ बस्ने वर्ष ५० को साकुरा लिम्बूलाई पक्राउ गरेको छ ।
लागूऔषध ओसारपसार गरेर ल्याई सञ्चय गरेर राखी बेचबिखन गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
धरान–१० धर्मपथ लाइन बस्ने पूर्णबहादुरको घरकोठा खानतलासी गर्दा निज सुत्ने बस्ने गरेको कोठाभित्र लुकाइछिपाई राखेको अवस्थामा डाइलक्स डिसी ३६ बोतल, स्पास्मो प्रोक्जिभन आर प्लस ७२ क्याप्सुल, नाइट्रोसन ट्याब्लेट ६ चक्की, फलामको तरबार थान १, खुकुरी थान १, छुरा थान १, दाउ थान १, प्लाष्टिकको पेस्तोल जस्तो देखिने नक्कली खेलौना पेस्तो थान १, बन्दुक थान १ बरामद गरी पक्राउ गरिएको उनले जानकारी दिए । उनीहरुको साथबाट नगद २९ हजार ५ सय र मोबाइल थान २ समेतका सामानहरु फेला परेको प्रहरीले जनाएको छ ।
सुनसरी जिल्ला अदालतबाट आजै म्याद थप गरी लागूऔषध मुद्दाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप