
धरानः प्रहरीले खैरो हिरोइनसहित एक युवालाई पक्राउ गरेको छ ।
धरानस्थित बसपार्कबाट खैरोहिरोइनसहित ती युवा पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ शुक्रबारेका २६ वर्षीय सुनिल राईलाई पक्राउ गरेको जानकारी दिए ।
लागूऔषधको बेचबिखन हुँदैछ भन्ने सूचनाको आधारमा सो स्थानमा प्रहरी टोली पुग्दा सुनिललाई शंकास्पद अवस्थामा फेला पारिएको र शरीर खानतलासी गर्ने क्रममा उनको साथबाट लागूऔषध खैरोहिरोइन फेला परेको उनले जानकारी दिए ।
लुकाइछिपाई राखेको २ (दुई) ग्राम खैरो हेरोइन फेला परेकोले सो लागूऔषध बरामद गरी निजलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध मुद्दाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।