
धरानः अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोप प्रयोगका लागि बेलायतले अनुमति दिएको छ।
त्यहाँको स्वास्थ्य नियामक निकाय एमएचआरएले आगामी सातादेखि बेलायतभर प्रायोगका लागि उक्त खोपलाई अनुमति दिएको हो।
९५ प्रतिशतभन्दा धेरै सुरक्षा दिने भनिएको यो खोप आम रुपमा लगाउन अनुमति दिने बेलायत पहिलो देश भएको छ।
यसअघि अमेरिकी खाद्य तथा औषधी प्रशासनमा यी कम्पनीले खोप प्रयोगका लागि अनुमति मागिसकेका छन्। अमेरिकामा आगामी क्रिसमस अघि नै अमेरिकीले खोप लगाउने पाउनेगरी अनुमतिको तयारी गरिरहेको छ।
बेलायतले फाइजरको करिब ४ करोड डोज किनिसकेको छ। कोरोनाबाट ९५ प्रतिशत भन्दा धेरै सुरक्षित रहेको घोषणा गर्ने फाइजरको पहिलो खोप हो।