विवाहले सुनको कारोबार बढ्दा व्यवसायीको मुहार उज्यालो


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर १८

धरानः सुनको व्यापार बढ्न थालेपछि सुन व्यापारीको मुहार उज्यालो हुन थालेको छ ।
कोरोना नियन्त्रण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण शुन्यमा पुगेको कारोबार बढ्न थालेपछि व्यवसायीमा खुशी छाएको हो । दशैंसम्म पनि कारोबारमा सुधार नआएका व्यवसायीले तिहारपछि विवाहको सिजन भएकोले कारोबार हुन थालेपछि व्यवसायी खुशी बनेका हुन् ।
‘पोहोर परार बिहेको लगनमा हुनेजस्तो सुनको कारोबार त भएको छैन । तर आत्तिनुपर्ने अवस्था भने छैन ।’ व्यवसायी भन्छन् । दशैं अगाडिसम्मको तुलनामा अहिले निक्कै आशा जागेको व्यवसायीले बताएका छन् ।
यसअघि कोरोनाका कारण तीन महिना बन्द गरेको पसल खोल्न थालेको लामो समयसम्म पनि सुन किन्न कोही आएका थिएनन् । बरु बेच्नेहरु आउने गर्थे । तर अहिले भने दिनहुँ १ देखि २ किलोसम्म कारोबार हुने गरेको व्यवसायी बताउँछन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्य सुनको भाउ घटेकाले कारोबार बढेको बताए । केही समय यता सुनको भाउ घट्दै गएको छ । कोरोना भाइरस विरुद्धको खोप निर्माणले गति लिनु, अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी भएपछि चीनसँगको सम्बन्ध सुधार्ने बताउनु लगायतका सकारात्मक कदमका कारण सुनको भाउ घटेको उनको बुझाइ छ ।
सुनको भाउ अझै १–२ हजार रुपैयाँसम्म घट्न सक्ने उनी बताउँछन् । लकडाउनका कारण थला परेको ब्यवसाय लयमा फर्कन थालेको शाक्यको भनाई छ । तिहारपछि सुनको कारोबार केही बढे पनि पोहोर परारको समयमा जस्तो कारोबार भने भएको छैन । गएका वर्षहरुमा मंसिर महिनामा दैनिक ३० देखि ४० किलोको दरले सुनको कारोबार हुन्थ्यो । तर यो वर्ष १५ देखि २० किलोको हाराहारीमा कारोबार हुने गरेको छ ।
गएका वर्षहरुको तुलनामा यो कम भए पनि तिहार अगाडिसम्मको तुलनामा भने राम्रो भएको उनको भनाइ छ । गएको वर्ष मंसिर महिनामा सुनको भाउ तोलामा औषतमा ७३र७४ हजार रुपैयाँको हाराहारीमा थियो । यो वर्ष ९० देखि ९२ हजार रुपैयाँको हाराहारीमा छ । तिहारको केही दिनमै सुनको भाउ शुन्यबाट झण्डै ५० प्रतिशतले बढ्नुमा अरु पनि कारण भएको शाक्य बताउँछन् ।
कोरोनाका कारण यो वर्ष वैशाख पनि विवाह हुन सकेन । आउने माघ फागुनमा पनि विवाहको लगन छैन । त्यही भएर धेरै मानिसले यही मंसिर महिनामा विवाह गर्ने भएकाले सुनको कारोबार बढेको हुन सक्ने उहाँको अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा सुधारतिर अगाडि बढेकोले सुनको कारोबार केही बढ्नुका साथै शेयर बजारले पनि सकारात्मक रेकर्ड राख्न थालेको छ ।
पछिल्लो समय शहरीकरण र मानिसहरुको सुनचाँदीप्रतिको मोह बढ्दै गएकाले नेपाली बजारमा पनि सुनचाँदीको कारोबार फस्टाउँदै गएको थियो । नेपालमा वर्षमा ६० अर्ब रुपैयाँको सुनको कारोबार हुँदै आएको छ । हुन त २०७६ सालदेखि नै सुनको भाउ निरन्तर उकालो नै लाग्यो । त्यसले गर्दा कारोबार कम नै हुन थालेको थियो । तर लकडाउनपछि भने सुनबजार नराम्ररी प्रभावित भएको थियो । बजार प्रभावित भए पनि सुनको भाउ भनेर बढेर तोलाको एक लाख रुपैयाँसम्म पुगेको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप