‘माया’ लाई जाडोका लत्ताकपडा र खाद्यान्न


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर १७

धरानः ‘माया घर नेपाल’ लाई जाडोमा ओढ्ने, ओछ्याउने, लत्ताकपडा र खाद्यान्न सहयोग गरिएको छ ।
विश्व शान्ति महिला संघ नेपालको सहयोगमा विश्व शान्ति महिला संघ नेपाल सुनसरी शाखाले इटहरी–२ स्थित माया घर नेपाललाई अति आवश्यकीय खाद्यान्न सामान र लत्ताकपडा सहयोग गरेको हो ।
कोभिड–१९ को महामारीले मानवजीवनको अस्तित्व नै संकटमा परेको यो विषम परिस्थितिमा आइआरएफएफ जर्मनीको आर्थिक सहयोगमा सो घरमा आश्रित महिला र बालबालिकाका लागि सेनिटाइजर, माक्स, हात धुने तथा लुगाधुने साबुनलगायतको सामग्री पनि दिइयो । जाडोमा ओढ्ने, ओछ्याउने, ब्लान्केट, डस्ना, तन्ना सिरानी तथा चामल, भुजा, दाल, चिनी, तेल र तरकारी जस्ता अति आवश्यकीय सामग्री दिइएको संघकी सदस्य जीवन चौधरीले बताइन् ।
मानवता हराउँदै गएको बेला विगतका वर्षहरुदेखि नै निरन्तररुपमा संघले समय सापेक्ष र युगको मागअनुसार निःशुल्क आँखा शिविर, किशोरीहरुलाई निःशुल्क स्वास्थ तथा यौन शिक्षा, स्यानेटरी वितरण, गरिब तथा विपन्न विद्यार्थीहरुलाइ स्कुल ड्रेस तथा न्यानो कपडा वितरण, मृर्गौलापीडित तथा जेहेन्दार विद्यार्थीहरु र वृद्ध आश्रमका वृद्धहरुलाइ आर्थिक सहयोग गरेको छ । यस्तै, विभिन्न महिला समूहमा महिला सशक्तिकरण सम्बन्धी गोष्ठी पनि आयोजना गर्दै आएको संस्थाकी सुनसरी सदस्य रचना सुब्बाले बताइन् ।
संस्थाकी सचिव सुभद्रा प्याकुरेलले खुसी व्यक्त गर्दै खादा र मायाको चिनोले स्वागत गरेकी थिइन् । संस्थाकी सुनसरी अध्यक्ष सीता सुब्बा खापुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी आरटिआरके होटेल स्कुलका प्रबन्धक प्रेमकुमार सुब्बाले महिला दिदिबहिनीहरुको सक्रियतामा निरन्तर यस्ता खालका गतिविधि सञ्चालन गर्नु विश्वको लागि आफैमा नमूना कार्य रहेकोे बताउँदै यसमा आफ्नो पनि पूर्णरुपमा साथ र सहयोग रहने बताइन् । संघकी सुनसरी उपाध्यक्ष सुनिता थापाले स्वागत मन्तव्य राखेको कार्यक्रममा संघकी सुनसरी कोषाध्यक्ष बालकुमारी कार्कीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

 

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप