नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ को सहयोग

लोकगायक सुरेश गन्धर्वलाई ५८ हजार दिइयो


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर १७

धरानः नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ ले लोकगायक सुरेश गन्धर्वलाई सहयोग गरेको छ । ५८ हजार ५ सय रुपैयाँ सहयोग दिइएको महासंघका अध्यक्ष अरुण प्रधानले जानकारी दिए ।
कार्यक्रममा डोनेसन बक्स राखी लोकगायक सुरेशको लागि आर्थिक संकलन पनि गरिएको थियो । डोनेसन बक्सबाट संकलन भएको रकम १३ हजार, समाजसेवी मिना सिंगकमार्फत् दिप्लक सुब्बाको तर्फबाट रु २० हजार, किशोर पन्धाक र सीता तुम्बापोको तर्फबाट रु २० हजार, सन्तोष लिम्बू तिल्लिङको तर्फबाट रु ५ हजार ५ सय सहयोग प्राप्त भएको उनले जानकारी दिए । सो रकम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका सुरेशलाई प्रदान गरिएको थियो ।
यस्तै, धरान–८ मा अवस्थित लाङ्घाली सामुदायिक वन प्राङ्गणमा आश्रित ६५ जनालाई दिउँसोको खाजा वितरण गरिएको थियो ।
कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार तथा कलाकार प्रेम सुब्बा, महासंघका सल्लाहकार अशोक चेम्जोङ, मायाघर कि संस्थापक उपाध्यक्ष राधिका थापा, निर्देशक समाज प्रदेश १ का अध्यक्ष रविन श्रेष्ठ, निर्माता संघ प्रदेश १ का अध्यक्ष लाकमान योन्जन, आदिवासी जनजाति चलचित्रकर्मी संघ प्रदेश १ का अध्यक्ष भीम लामा, होप धरानका अध्यक्ष निश्चल पलिखे, सिंगक फाउन्डेसन कि अध्यक्ष मिना सिंगक, धरान प्रज्ञा प्रतिष्ठानका सदस्य सुवर्ण पलिखेलगायतको उपस्थित थियो ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष प्रधानले आगामी दिनमा बर्थडे, एनिभर्सरी जस्ता घरमा आयोजना गरिने कार्यक्रम यस्ता आश्रममा गएर मनाउनुपर्ने र गरिब, दिनदुःखीलाई सहयोगी बन्नुपर्ने बताए । अध्यक्ष प्रधानले २०७८ वैशाखमा महासंघले आयोजना गर्न लागेको प्रदेश १ स्तरीय चलचित्र महोत्सवको बारेमा पनि जानकारी गराएका थिए ।
कार्यक्रमको सञ्चालन महासंघका महासचिव दिनेश कोइरालाले गरेका थिए भने स्वागत मन्तव्य चलचित्र प्राविधिक संघ, प्रदेश १ का अध्यक्ष प्रकाश सुब्बाले व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप