
सुनसरीः सुनसरीको दुहवी नगरपालिका–३ बाट लागूऔषधसहित २३ वर्षीय युवक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले दुहवी नगरपालिका–११ बस्ने अनिल साहलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट एक सय एमएलको २४ बोतल डाइलेक्स डिसी, २९१ ट्याब्लेट नाइट्राभेट, १२० ट्याब्लेट नाइट्रोसन र १८३ क्यापसुल स्पास्मो प्रोक्सिभोन बरामद गरेको छ ।
पक्राउ परेका साहको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।