१८ वर्षीया छात्रालाई ठक्कर दिएर फरार भएपछि १५ वर्षपछि पक्राउ


  • कोशी अवाज
  • २०७७ मंसिर १७

विराटनगरः सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई १५ वर्षपछि पक्राउ गरिएको छ ।
सवारी ज्यान मुद्दाका फरार मोरङ ग्रामथान–२ का ३३ वर्षीय बलराम सरदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
मिति २०६२ साल मंसिर १९ गते सरदारले चलाएको कस्तुरी उच्च माध्यमीक विद्यालय इटहरीबाट सञ्चालित ना२ख ६० नम्बरको बस सुनसरी मधेशा–४ राजमार्गमा दुर्घटना हुँदा बसमा सवार रहेकी छात्रा १८ वर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको थियो ।
बस दुर्घटनापश्चात् फरार रहेका सरदारलाइ पक्राउ गरी उनीउपर कानुनी कारबाही अगाडि बढाइएको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ठगी र नकवजनी चोरी मुद्दाका तीन जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ठगी मुद्दाका विराटनगर–६ का ५३ वर्षीय सकिल खान रहेका छन् भने नकवजनी चोरीका विराटनगर–१ का ३० वर्षीय लाले राय सहनी र सोही स्थानका ४८ वर्षीय दीपेश राय सहनी रहेका छन ्। उनीहरु मिति २०७३ साल असार २४ गते बाट फरार रहेका थिए । पक्राउपश्चात् उनीहरुलाइ जिल्ला अदालत मोरङमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप