
सुनसरीः सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–८ बस्ने १० वर्षीया रेहना खातुनको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।
भोक्राहा नर्सिङ गाँउपालिका–८ स्थित भित्री सडकखण्डमा को२त २०२३ नम्बरको ट्याक्टरले को११प १२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार रहेकी बालिका खातुनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।