धरानको बीपी प्रतिष्ठानमा चार सय वेड क्षमताको भवन बन्दै


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर १७

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको एमसिएच भवनको निर्माण सुचारू भएको छ ।
४ सय बेडको भवनको हालसम्म रकमको आधारमा ३३ प्रतिशत काम सम्पन्न भइसकेको प्रतिष्ठानका सिभिल इन्जनियरिङ शाखा प्रमुख ई. विकास बस्यालले बताएका छन् ।
शर्मा एण्ड रसुवा जोइन्ट भेन्चरले अबको दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी कामको थालनि सुचारू गरेको हो । बीपी प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले आफ्नो कार्यकालको सुरूवातमा नै निर्माण रोकिएको प्रक्रिया मिलाएर काम सुचारू गरेका हुन् । पछिल्लो पटक काम सुचारू भएपछि हालसम्म ३० करोड भुक्तानी भइसकेको छ ।
भौतिक रूपमा ३६ प्रतिशत काम सम्पन्न भएको एमसिएच कन्सल्टेन्ट सुशिल देवले बताएका छन् । २ वर्षभित्रमा काम सम्पन्न गरीने योजनका साथ कन्ट्रयाक्टरले काम गरिरहेको देवले जानकारी दिए । २ अर्ब १७ करोडमा लागेको ठेक्कामा हालसम्म ६८ करोडको बिल भुक्तानिको लागि पठाइसकेको उनले जानकारी गराए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप