दुर्घटनामा इटहरी र पाँचथरका युवाको मृत्यु


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर १७

विराटनगरः मोरङ र पाँचथरमा मंगलबार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
मंगलबार राति सवा ७ बजेको समयमा मोरङको रतुवामाई नगरपालिका–९ इटहरा चोकमा मे९प १७२३ र बा३४प २८१० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा घाइते भएका २८१० नम्बरका मोटरसाइकल चालक भोजपुरको दिङला घर भई इटहरी बस्दै आएका ३५ वर्षीय विजय गौतमको उपचारको क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो ।
यसैगरी पाँचथरको जोरसालमा मंगलबार राति पौने ८ बजे बा१ च ५७३६ नम्बरको पिकअप दुर्घटना हुँदा पिकअपमा सवार रहेका फिदिम नगरपालिका–१ का २० वर्षीय अर्जुन शंकरको मृत्यु भएको छ । फिदिमबाट जोरसालतर्फ जाँदै गरेको पिकअप अचानक अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका शंकरको उपचारको क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप