कोशी गाउँपालिकामा ज्ञापनपत्र


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर १६

सुनसरीः सुनसरीको कोशी गाउँपालिकामा स्थानीय मानव अधिकार समूहले ८ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । समूहले चेतनामुलक अभियान कोशी गाउँपालिकाको १ देखि ८ नम्वर वडामा जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्र्तगत शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको बारेमा काम गर्दै आएकोमा मंसिर १६ गते गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीलाई ज्ञापनपत्र बुझाएको हो ।
समूहले कोशी गापाको लौकही, हरीपुर, भण्टाबारी र कोशी व्यारेज बजार क्षेत्रमा खाद्य वस्तु बिक्री अव्यवस्थित भएको र मिसावटयुक्त बिक्री गरेको गुनासो आएकाले नियमित अनुगमन गर्नुपर्ने माग गरेका छन् । त्यसैगरी शिक्षामा गुणस्तरीयताका लागि विद्यालयसँगै मदरसामा समेत विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने, कृषि, पशु, शिक्षा र स्वास्थ्य संस्थामा अनुगमन गरी जवाफदेहिता र नियमितताका लागि सुझाव दिने काम अनुमगन समितिले गर्नुपर्ने सुझाव दिएका छन् ।
त्यसैगरी कोशी गाउँपालिकाका कृषकहरूलाई रसायनिक मल, उन्नत जात बिउविजन समयमा उपलब्ध गराउनुपर्ने, माटो सुहाउँदो बालीका लागि माटो परीक्षण शिविर सञ्चालन गर्नुपर्ने, कोशी गापा ४ श्रीपुरमा रहेको सुकुम्बासीका लागि वितरण गरिएको ४० बिघा जग्गा छुट्याएर सम्बन्धित सुकुम्बासीलाई दिन पहल गर्नुपर्ने, सुकुम्बासी विपन्न, दलित समुदायको आवासको अधिकार अन्तरर्गत गाउँपालिकाले तथ्यांक संकलन गर्नुपर्ने माग गरेका छन् । त्यसैगरी निर्माण सम्पन्न भएको भाण्टाबारी खानेपानी र कोशी गापा ५ को आधारभूत स्वास्थ्य केन्द्र भवन सञ्चालनमा ल्याउनुपर्ने माग गरेको सचिव विष्णुकुमार यादवले जानकारी दिए ।
त्यसैगरी कोशी गाउँपालिका २,३,४ र ५ सहित श्रीपुर क्षेत्रमा खेत सिचाई गर्नका लागि हरिपुर शाखा नहरको मर्मतसम्भारका लागि पहल गर्नुपर्ने र सामुदायिक विद्यालयसँगै मदरसाका छात्राका लागि समेत स्यानेटरी प्याडको व्यवस्था गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको समूहका अध्यक्ष अनिता उराँवले जानकारी दिइन् । ज्ञापनपत्र बुझाउने कार्यक्रममा समूहका उपाध्यक्ष श्यामकुमार खंग, सचिव विष्णुकुमार यादव, सहसचिव रिना मण्डल, सदस्यहरु टिका पौडेल, ब्रजेश यादव लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप