जुम इन (मोडल/मोडलिङ)

जसले धरानलाई विदेशसम्म चिनाइन् !

'मोडलिङबाटै करिअर अघि बढाउँछु' (२२ तस्वीर र भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर १५

धरानः मिस पूर्वाञ्चल २०१७ की फस्ट रनरअप सिमरन श्रेष्ठको चर्चा एकाएक चुलिँयो । जतिबेला उनी धरानलाई देशविदेशसम्म चिनाउन सफल बनिन् ।
गत वर्ष मलेसियामा सम्पन्न भएको ‘मिस लुमियर वल्र्ड’ प्रतियोगितामा भाग लिन पुगेकी उनले त्यहाँ बिजेता बनेर फर्किइन् । ‘सिङ्गापुरमा भएको तालिम र ग्राण्ड फिनालेमा म बिजेता बनें’, उनले भनिन्, ‘बिजेतासँगै त्यतिबेला मैले धरानलाई चिनाउन पनि सहयोग गरेको छु जस्तो लाग्छ ।’
उनले नेपालको प्रतिनिधित्व गर्दै सो प्रतियोगितामा जितेकी हुन् । सानैदेखि मोडलिङ क्षेत्रमा रुचि राख्ने उनी चार वर्षको उमेरदेखि नै यस क्षेत्रमा होमिएको बताउँछिन् । उनको रुचि समाजसेवा गर्ने हो । मिस एसएलसी २०१६ मा टप टेनमा परेपछि उनी मोडलिङ क्षेत्रमा होमिएकी हुन् । मिस पूर्वाञ्चलमा फस्ट रनरअप बनेपछि उनको हाइट पनि बढ्यो । उनले हालसम्म ८ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । ‘जे होस् राम्रो रेस्पोन्स पाइरहेको छु’, उनले भनिन् । भविष्यमा सफल मोडल बन्ने लक्ष्य राखेको बताउँछिन् । उनी हाल बिबिएमा अध्ययनरत् छिन् । तस्वीरः हाम्रो कोशी आवाज
सुनौं अन्तर्वार्ताः

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप