
धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवतीको मृत्यु भएको छ ।
बर्दिबास–२, महोत्तरकी २२ वर्षीया युवतीको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनको आइतबार २ः५० बजे मृत्यु भएको हो । उनी कार्तिक २ गते गते अस्पताल भर्ना भएका थिइन् । उनमा गत २ गते नै कोरोना पुष्टि भएको थियो । मृतक युवतीमा दीर्घरोग सम्बन्धी समस्या पनि रहेको थियो । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।