धरान चिनाउने ‘धरान’ बनाइने

डिपिआर तयार, ७५ फुटे बुद्धको प्रतिमा र चारधामस्थल पनि बनाइने, जसले धरानमा पर्ने चारकोशे तहसनहस हुनबाट जोगाए (१३ तस्वीर)


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर १३

धरानः धरानमा धरानलाई चिनारी दिने धरान धरान (काठ चिर्न बनाइएको ठाउँ) निर्माण गरिने भएको छ ।
धरान–८ स्थित बौद्ध दाहसंस्कार तथा धार्मिक पर्यटन केन्द्रको हाताभित्र योसँगै ७५ फुटको बुद्धको प्रतिमा र चारधामस्थल पनि निर्माण गरिने बौद्ध समन्वय समिति, धरान–८ ले जनाएको छ ।
चारधाम अन्तर्गत मिनी लुम्बिनी, बुद्धले बुुद्धले बुद्धत्व प्राप्त गरेको बुद्धगया, बुद्धले पञ्च भिक्षुलाई धार्मिक प्रवद्र्धन सारनाथ, बुद्धको ८० वर्षको उमेरमा स्वर्ग प्राप्त गरेको स्थान कुशिनगर स्थापना गर्ने तयारी थालिएको समितिका अध्यक्ष कर्णबहादुर तमु (गुरुङ) ले जानकारी दिए । ‘बुद्ध भगवान जन्मेको स्थान लुम्बिनी हो तर यहाँ मिनी लुम्बिनी बनाउने योजनाका साथ अघि बढेका छौं, डिपिआर पनि तयार भइसकेको छ’, उनले भने, ‘यसको साथै धरान चिनाउने धरान, बुद्धको ७५ फुटको प्रतिभा निर्माण गर्नेछौं ।’
त्यसका लागि तीन करोड ४१ लाख ५५ हजार ९१ रुपैयाँ सठसठी पैसाको डिपिआर समेत तयार भएको उनले जानकारी दिए । शनिबार एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री अमिरबाबु गुरुङलाई गुरुयोजनाको खाकासहितको प्रतिवेदन समेत बुझाइएको थियो ।
‘आज प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री अमिरबाबु गुरुङ आउनुभएको थियो, उहाँलाई डिपिआरसहितको जानकारीमूलक प्रतिवेदन दिएका छौं, आशा छ मन्त्रीज्यूले केही गर्नुहुनेछ’, उनले भने, ‘अनि यी चारधाम प्रदेश सरकारको मातहतमा बने यहाँ आउने धार्मिक पर्यटनको रुपमा पाल्ने पर्यटक प्रदेश सरकारको पाहुना हुनेछन् ।’ कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका राज्यमन्त्री गुरुङले आफूले सक्दो सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
बौद्ध गेट निर्माण
कार्यक्रममा प्रमुख अतिथि राज्यमन्त्री गुरुङले सो स्थानमा निर्माण भएको बौद्ध गेटको उद्घाटन गरेका थिए । सो बौद्ध गेट स्व. क्या. विर्खबहादुर तमु, स्व.कर्णमाया गुरुङको स्मृतिमा छोरा, बुहारीहरु पदमराज, आशा, दिलराज, जेनी, कृष्णराज, सारा, खड्कराज, उमा, बिलराज इन्द्रराज, रोमी, नरेन्द्रराज, नन्दकला गुरुङ र छोरी ज्वाइँ स्व. मनमाया, खेमराज, स्व. मनकला, सुरज मेन्याङ्बोले निर्माण गरेका हुन् । उनीहरुले सो गेट निर्माणका लागि ७ लाख रुपैयाँ सहयोग गरेका थिए ।
कार्यक्रममा धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदी, डिभिजन वन कार्यालयका प्रमुख दानबहादुर श्रेष्ठ, नेकपाका नेता चोत्लुङ, ८ नं. वडाका अध्यष रुद्र लिम्बूलगायतको समेत उपस्थिति थियो ।
जसले धरान क्षेत्रमा पर्ने चारकोशे जंगल जोगाए
(आजभन्दा ६४ वर्ष पहिले (२०१३) देखि मृत्यपश्चात् जलाएर र बौद्ध चिहान बनाई जंगल सखाप बनाउने काम हुन्थ्यो । तर स्व. गोर्खा मेजर वीरबहादुर गोले, स्व. क्या. विर्षबहादुर गुरुङ, स्व. सिंगबहादुर गुरुङले धरान क्षेत्रमा पर्ने चारकोशे जंगल बचाउन सहयोग गरेको कर्णबहादुर बताउँछन् ।
‘यसरी नै जलाइरहने र बौद्ध चिहान बनाइरहने हो भने अहिलेसम्म चारकोशे जंगल सिद्धिसक्थ्यो तर उहाँहरुकै पहलमा यस्तो कार्य रोकिन गयो,’ उनले थपे, ‘यही बढ्दो चिहान नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गराई २०५८ सालदेखि यहाँ शवको उचित व्ययवस्थापनका लागि बौद्ध घाट निर्माण गरेर शव उचित तरिकाले जलाउने र व्यवस्थापन गर्दै आएका छौं ।’ सो बेलाका रेञ्जर दानबहादुर श्रेष्ठको पनि यस्तो कार्यमा सक्दो सहयोग गरेको उनले जानकारी दिए ।
तस्वीरहरुः लक्ष्मण थापा

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप