गन्तव्य धरान

धरानसँग रमाउने र मन भुलाउनेहरू !

गन्तव्य @ चिन्डेडाँडा र भ्यूटावर, दोस्रो दार्जिलिङ’ बन्नेमा स्थानीय आशावादी (२८ तस्वीर र भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर १२

धरान–२० चिन्डेडाँडा केही माथि टोड्ने भन्ने स्थानमा रहेको भ्यू टावर निर्माण कार्यको अन्तिम चरणमा छ । निर्माण नसकिँदै पनि फाट्टफुट्ट पर्यटक पुग्न थालेका छन् । त्यहाँबाट देखिने धरान, भेडेटार, सप्तकोशी, विष्णुपादुका, इटहरी, तरहरालगायतको दृश्यले मनै लोभिने र धरान पर्यटकको गन्तव्य बन्नेमा निश्चित छ ।
चिल्डेडाँडादेखि एक किलोमिटर माथि डाँडामा यस्तो भ्यू टावर बनिसकेको हो । चिल्डेडाँडा पर्यटन तथा पूर्वाधार विकास केन्द्र नेपालका अध्यक्ष तथा चिन्डेडाँडा पर्यटन निर्माण समितिका अध्यक्ष सम्फर तामाङका अनुसार यो पाँचौ तलको भ्यू टावर हो ।
तामाङका अनुसार यसले धरानको पर्यटन क्षेत्रको विकास गर्न सहयोग पुग्ने बताए । ‘निर्माण भइसकेको छ’ उनले भने, ‘चिन्डेडाँडाले जुन हिसाबले गति लिइरहेको छ, त्यही हिसाबमा यसले पनि आन्तरिक र बाह्य पर्यटक तान्न थालिसकेको छ ।’
धरानलगायत सप्तकोशी साथै अन्य दृश्यावलोकनका लागि पनि चिन्डेडाँडा उपयुक्त गन्तव्यस्थल हो । पर्यटकलाई चिन्डेडाँडा पुगेपछि त्यहाँ नपुगी सुखै छैन । अहिले पनि हाइकिङको मज्जा लिन र शारीरिक स्फुर्तिका लागि त्यहाँ स्थानीय दिनहुँ दगुर्छन् । ‘उकाली–ओराली, डाँडा–पाखा अनि गाउँले परिवेशसँग रमाउँदै, पसिनाले निथु्रक्कै भिजेको शरीरमा हिँड्नुको मज्जै बेग्लै ।’
त्यहाँ धरान, काठमाडौंलगायत केही सहरका व्यवसायीले व्यवसायका लागि घडेरी समेत खरिद गरिसकेको स्थानीयबासी बताउँछन् । त्यहाँ यसै वर्ष दुईवटा होटल सञ्चालनको तयारीमा छन् भने होमस्टे पनि सञ्चालनको तयारीमा छ । सडक पिच गर्नका लागि बजेट समेत छुट्टिइसकेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार सो ठाउँ ‘दोस्रो दार्जिलिङ’ बन्ने आशा छ ।
तस्वीरः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप