धरानमा ग्रीन टि बेचेर उपचार कोषमा सहयोग


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर ६

धरानः ‘ट्रष्ट ग्रीन टी’ का सञ्चालक लिलिस पोमुले आफूले बिक्री गरेको ग्रीन टिबाट आएको मुनाफाको केही रकम अर्थात् दैनिक ५० रुपैयाँ उपचार कोषका लागि सहयोग गर्ने जनाइएको छ ।
धरानबाट प्रकाशित ‘प्रबोध’ साप्ताहिकले पत्रकार तथा साहित्यकारको उपचारको लागि भनेर उपचार कोष स्थापना गर्ने भएको छ ।
सो कोषका लागि पोमुबाटै शुरुवात गरिएको सम्पादक लम्जेल संघर्षशीलले जानकारी दिए । दैनिक ५० रुपैयाँ बचत गरेर कोषम सहयोगको शुरूवात गरेको उनले जानकारी दिए । पोमुले एक वर्षको लागि १८ हजार दिइएको उनले जानकारी दिए ।
ताप्लेजुङ घर भई हाल धरान–१५ मा बस्ने पोमुले विगत केही वर्षदेखि धरान १९ बुद्ध चोकमा ट्रष्ट ग्रीन टि सञ्चालन गर्दै आएका छन् । सम्पादक संघर्षशीलले पत्रकार र साहित्यकारका लागि स्वस्थ्य उपचार कोष संकलन कार्य शुभारम्भ गरेको जानकारी दिए । उपचार कोषमा पत्रिकाको आम्दानीबाट केही प्रतिशत समेत जम्मा हुने उनले जानकारी दिए । सो कोषमा इच्छाले जति दिएपनि अमूल्य सहयोग हुने गरेको उनको भनाइ छ ।
कोषबाट सुनसरी भरिका पत्रकार र साहित्यकारलाई सहयोग गरिने बताए । कोषमा जम्मा भएको रकम र सहयोग जति भएपनि समाचारबाट नै सार्वजनिक गरिने बताए । उपचार कोषका लागि धरान–१७ की गणेशकुमारी राईले पनि सकेजति सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप