विनाअक्सिजन एक्लै सगरमाथा चढ्ने भारतीय नागरिकको घोषणा


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर ६

भारतको उत्तरप्रदेशका २७ वर्षीय युवक अर्जुन वाजपईले आगामी मे महिनामा विनाअक्सिजन एक्लै विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने घोषणा गरेका छन् ।
१० वर्ष पहिला सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गर्ने भारतीय नागरिकको पहिचान बनाएका उनले फेरि सगरमाथा चढ्ने योजना बनाएका हुन् । त्यतिबेला उनी १६ वर्षका थिए र एउटा आरोहण दलको सदस्यको रुपमा सगरमाथा चढेका थिए । यस अगाडि उनले नेपालका झण्डै आधा दर्जन हिमालको आरोहण गरिसकेका छन् ।
‘कोभिड–१९ का कारण मैले यस वर्षको लागि निर्धारित सबै कार्यक्रम अर्को वर्षको लागि सार्नु परेको छ । म सफल भएँ भने एक्लै सगरमाथा चढ्ने म पहिलो भारतीय नागरिक हुनेछु,’ उनले द हिन्दुस्तान टाइम्स पत्रिकासँग भनेका छन् । एक्लै चढ्नका लागि नेपालले अनुमति नदिए चीन तर्फबाट सगरमाथा चढ्ने उनको योजना छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप