जुवा-तास खेलिरहेका १६ जना समातिए


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर ६

विराटनगरः मोरङको रतुवामाई नगरपालिका–८ बाट तास तथा जुवा खेलिरहेका १६ जना पक्राउ परेका छन् ।
शुक्रबार राती साढे ११ बजे स्थानीय सागर गड्तौलाको घरमा जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगद एक लाख ६९ हजार ६ सय ९५ रुपैयाँ, कौडा १६ थान, एक बुङ तास, मोबायल थान १६, मोटरसाइकल १९ वटा र २ वटा कार सहित १६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका–७ का ४७ वर्षीय डिल्लीराम चौलागाई, ३५ वर्षीय मोती पौडेल, ४३ वर्षीय रामनाथ मैनाली, ४१ वर्षीय देवीप्रसाद प्रसाई, ३७ वर्षीय रामनाथ नेपाल, ४५ वर्षीय हेमलाल प्रसाई, ४० वर्षीय नारायण चुँडाल, रतुवामाई नगरपालिका–८ का ४४ वर्षीय सन्तबहादुर राई, ३५ वर्षीय सागर गड्तौला, ४५ वर्षीय दीपक ढुङ्गाना, ४५ वर्षीय देवराज घिमिरे, ३८ वर्षीय अशोक भट्टराई, ३९ वर्षीय राजन हस्ता सतार, ४५ वर्षीय गोपी पराजुली, ३६ वर्षीय रविन पोखरेल र बेलबारी नगरपालिका–७ का २२ वर्षीय गणेश श्रेष्ठ रहेका छन् । पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप