‘चुनावमा भोट माग्न पुगेझैं कोरोना नियन्त्रण गर्न जनप्रतिनिधी घरघर पुगौं’


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर ६

धरानः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना संक्रमण नियन्त्रण गर्न जनप्रतिनिधीहरु घरघरमा पुग्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा भएको ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ विषयक छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
उनले कोरोना नियन्त्रण गर्न जनप्रतिनिधीहरुको भूमिका महत्वपूर्ण हुने भन्दै भोट माग्न पुगेजस्तै जनप्रतिनिधि जनताको घर घरमा पुगेर जनचेतना फैलाउनुपर्ने बताए । ‘जनप्रतिनिधिले नै आफ्ना मतदातालाई सचेत गराएर कोरोना संक्रमण फैलनबाट रोक्नुपर्छ’, उनले भने । राजनीतिक दलहरुले पनि आफ्ना भातृसंगठनहरुलाई परिचालन गरी गाउँगाउँमा जनस्वास्थ्य सम्बन्धी सचेतना फैलाउनुपर्ने बताउदै उनले यस्तो कार्यले राजनीतिक व्यक्तिको राजनीतिक भविष्यमाथि समेत बलियो आधार बन्ने बताए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप