भारतले कोरोना खोप चाँडै पाउने, दुई खुराकका लागि हजार रूपैयाँ


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर ५

धरान (एजेन्सी): कोरोना भाइरस खोपको बारेमा संसारभर बाटै शुभ समाचारहरू आउन थालेका छन् । भारतले भने आउँदो अप्रिलसम्ममा खोप पाउने भएको छ ।
भारतको औषधि उत्पादक कम्पनी सीरम इंस्टिट्यूटका सीईओ आदर्श पूनावालाका अनुसार भारतमा अक्सफोर्डको कोभिड १९ खोप अप्रिलमा सर्वसाधारणलाई उपलब्ध हुने बताएका छन । पूनावालाले हिन्दुस्तान टाइम्स लीडरशिप समिट २०२० मा यो जानकारी दिएका हुन् ।
पूनावालाले अक्सफोर्ड भ्याक्सिन २०२१ फेब्रुअरीभित्र वृद्धा र स्वास्थ्यकर्मीहरुलाई दिइने बताएका छन् । त्यसपछि अप्रिलमा यो खोप आम जनतालाई दिइने समेत उनले जानकारी दिए । भारतमा प्रत्येक व्यक्तिमा खोप लागू गर्न दुईदेखि तीन बर्ष लाग्ने उनको अनुमान छ । यसको कारण भ्याक्सिन आपूर्तिको अभाव नभई आवश्यक बजेट, उचित प्रणाली र पूर्वाधारको आवश्यकता हुने भएकाले समय लाग्ने उनको तर्क छ । खोप लिनको लागि जनताको इच्छुकतामा पनि निर्भर रहेने उनले बताए । यी सबै चीजहरू सम्पूर्ण जनसंख्याको ८०–९० प्रतिशत मानिसमा खोप लागू यी सबै पूर्वाधारहरुको आवश्यक पर्ने उनले बताए ।
पूनावालाका आनुसार मानिसहरूले यस खोपको दुई खुराकका लागि अधिकतम एक हजार रूपैयाँ तिर्नुपर्ने जानकारी दिए । यो खोप अन्तिम परीक्षण परिणाम र नियामक स्वीकृतिमा पनि यसको मूल्य भर पर्ने उनले बताए ।
पूनावालाले भने, ‘यो खोप टी–सेलमा राम्रोसँग काम गरिरहेको छ, जुन दीर्घकालीन प्रतिरक्षा र एन्टिबडी निर्माण प्रतिक्रियाको लागि आवश्यक मानिन्छ । यद्यपि यो खोपले कति लामो समयसम्म काम गर्छ भन्ने विषय समयले नै बताउने छ यसको बारेमा अहिलेसम्म कसैसँग यसको उत्तर छैन ।’’
खोपको आपतकालीन प्रयोगको लागि बेलायत र यूरोपियन ड्रग इभ्वेलेशन एजेन्सी (इएमइए) को अधिकारीहरूले यसलाई अनुमति दिएका छन् । भारतमा प्रयोगको लागि ड्रग कन्ट्रोलर जनरलमा खोपको आपतकालीन उपयोगको लागि आवेदन दिने उनले बताए । अक्सफोर्ड खोप सस्तो र सुरक्षित मानिएको छ । यसलाई २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा पनि भण्डार गर्न सकिने उनले बताए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप