ब्राउनसुगर र सालकको खवटासहित तीनजना पक्राउ


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर ५

धरानः झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढीबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ स्थानीय २४ वर्षीय विष्णु राजवंशी र १८ वर्षीय सागर पाहानलाई ११.०६ ग्राम नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
बा३८प ३८८५ नम्बरको मोटरसाइकलमा सवार रहेका निजहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट सो परिणामको नियन्त्रित लागूऔषध ब्राउनसुगर, नेपाली रुपैयाँ ८१ हजार १ सय, भारतीय रुपैयाँ १ सय १० रुपैयाँ र मोवाइल २ थान बरामद भएको थियो । लागूऔषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यस्तै, उदयपुरको त्रियुगा नगरपालिका–११ पिपल चोकबाट दुर्लभ वन्यजन्तु सालकको खबटासहित एकजना पक्राउ परेका छन् ।
नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो साढे ३ बजे साउनेबाट गाईघाटतर्फ आउँदै गरेको स१ह २६९० नम्बरको अटोलाई रोकेर चेकजाँच गर्ने क्रममा सो अटोको सिटमुनी लुकाइछिपाई राखेको अवस्थामा ३ सय ८० ग्राम दुर्लभवन्यजन्तु सालकको खबटा बरामद गरेको हो । अटोबाट सालकको खबटा बरामद भएसँगै अटो चालक त्रियुगा नगरपालिका–१४ का ४१ वर्षीय पहलमान कट्वाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप