क्यानडाले कम आय हुने देशलाई खोप उपलब्ध गराउने


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर ४

धरानः क्यानडाले कम आय भएका मुलुकहरुलाई कोभिड–१९ को खोप उपलब्ध गराउन सहयोग गर्ने भएको छ ।
आफ्नो देशका नागरिकका लागि पर्याप्त मात्रामा आवश्यक पर्ने खोपको मात्रा जोहो गरिसकेको क्यानडाले खोप किन्न सक्ने आर्थिक हैसियत नभएका देशका लागि सहयोग गर्ने निर्णय गरेको हो ।
तीन करोड ८० लाख जनसंख्या रहेको क्यानडाले यसअघि नै ४१ करोड ४० लाखभन्दा बढी खोपको मात्रा अर्डर गरिसकेको छ । क्यानडाले अरु कुनै पनि देशले आफ्ना नागरिकका लागि जोहो गरेको भन्दा बढी संख्यामा खोप व्यवस्था गरिसकेको ड्यूक ग्लोबल हेल्थ इनोभेसन सेन्टर उत्तरी क्यारोलिनाका शोधकर्ताले जनाएका छन् ।
एउटा वा दुईटा खोपले मात्र काम गरे पनि आप्mनो देशका लागि अर्बौ मात्रा खोपको डोज सुनिश्चित गरिसक्ने धनी मुलुक मध्येमा क्यानडा पर्दछ । क्यानेडियन सरकारको स्रोतलाई उल्लेख गर्दै रोयटर्सले लेखे अनुसार उसले विश्व स्वास्थ्य संगठनमार्फत् यो सहयोग उपलब्ध गराउने छ । कोभ्याक्सका लागि क्यानडाको जस्तै सहयोगका लागि अरु केही धनी देशलाई पनि उत्प्रेरित गरिरहेको उक्त संगठनले पनि जनाएको छ ।
मोडेर्ना, फाइजर जस्ता बहुराष्ट्रिय औषधि उत्पादक कम्पनीहरुले आफ्नो खोप अन्तिम चरणमा रहेको र ९५ प्रतिशतसम्म सफल देखिएको दाबी गरेपछि विश्वभर आशाको किरण सञ्चारित भएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप