बराहक्षेत्रका युवा खैरो हिरोइनसहित समातिए


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर ४

सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिकामा लागूऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ परेका छन् ।
विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार बराहक्षेत्र ७ बोराबाधबाट २८ वर्षीय रामकुमार यादव र २३ वर्षीय श्रवणकुमार चौधरीलाई बुधबार बेलुका पक्राउ गरिएको हो ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले बेलुका ६ बजे को ४ प ३३६६ नम्बरको मोटरसाईकलमा सवार दुवैजनाबाट ३ ग्राम २२ मिलिग्राम खैरो हिरोइन बरामद गरेको थियो ।
पक्राउ परेका दुवैलाई सुनसरीकै कोशी गाउँपालिकाका स्थानीय भएको प्रहरीले जनाएको छ । यससँगै प्रहरीले आवश्यक कानूनी कारवाहीको प्रक्रिया बढाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप