दीपक तुम्बापो साङ्गीतिक क्षेत्रमा ‘कमब्याक’ (भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर ४

धरानः गायक दीपक तुम्बापो पुनः साङ्गीतिक क्षेत्रमा होमिएका छन् । उनी करिब दुई दशकपछि नेपाली साङ्गीतिक क्षेत्रमा ‘कमब्याक’ भएका हुन् ।
२०५८ सालमा रेकर्ड गरिएको गीतलाई डिजिटल युगको पहिलो गीतको रुपमा ‘सल्लेरी पाखामा’ लाई आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरेर गायक दीपक पुनः संगीतमा फर्किएका हुन् । स्व. भीम दा तुम्बापोको शब्द र संगीत र विश्व अधिकारीको एरेन्ज रहेको ‘सल्लेरी पाखामा’ गीतको भिडियोमा दीपक र मिस पूर्वाञ्चल मोनिका लिम्बूको अभिनय रहेको छ ।
नरेन मोक्तानको सिनेमाटोग्राफी र प्रदीप बस्नेतको सम्पादन रहेको भिडियोलाई युवा निर्देशक देवजंग थापाको निर्देशन गरेका हुन् । नेपाली साङ्गीतिक छेत्रमा धेरै पहिला लागेको भएपनि विभिन्न कारणले गर्दा साङ्गीतिक क्षेत्रलाई निरन्तरता दिन नसकिएको बताउँदै गायक तुम्बापोले साथीहरुको सल्लाहमा पुनः गीत लिएर दर्शकमाझ आएको बताएका छन् । तिहारको कोसेलीस्वरूप सार्वजनिक गरिएको यस गीतको भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पूर्ण सङ्गीतप्रेमीलाइ आग्रह गरेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप