दुनियाँकै रोमान्टिक बनिरहन्छन् यी देशका मानिस अनि छन् रोमान्टिकको सूचीमा


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर ४

धरानः रोमान्स नचाहिने मानिस सायदै कम होला । जो कोहीलाई रोमान्टिक जीवनशैली औधी मन पर्छ । रोमान्टिक व्यवहार भनेपछि हुरुक्कै हुन्छन् । कोही विदामा कतै घुम्न गएर, कोही अफिसमा नै कोही घरमा, कोही किचेनमा पलपल रोमान्टिक बन्न चाहान्छन् । यो स्वभाव जन्मजानका आधारमा हुन्छ । साथै कुन देश कस्तो वाताबरण र कस्तो हावापानीमा हुर्किएका छन् भन्नेमापनि भर पर्छ आज हामी ती १० देशका मानिसको कुरा गर्दैछौ जो अत्यन्तै रोमान्टिक हुन्छन् ।
भियतनामः भियतनाम अत्यन्तै सुन्दर देश हो । यहाँको हावापानी नै रोमान्टिक छ । यहाँका मानिसहरु औधी रोमान्टिक छन् । मानिसहरु यहाँ प्रेमको सुरुवात गर्न, विभिन्न लेखनहरु पूरा गर्न रमाइलोका साथ समय बिताउन पुग्ने गर्दछन् । यहाँका मानिस अत्यन्तै मिजासिला, हसिला र रसिला हुन्छन् ।
आइरिसः यहाँ एउटा यस्तो तथ्य छ कि यहाँका मानिसलाई आलुप्रेमी भनिन्छ । आलु यहाँको मुख्य खाना हो । आइरिस सबैभन्दा धेरै रोमान्टिकको सूचीमा उच्च स्थानमा छ । यहाँका मानिसहरुको आँखा, ओठ र आकर्षक शरीरले सबैलाई लोभ्याउँछ । उनीहरुको बोलीचाली र रहनसहनले नै मानिसहरुलाई खुबै रोमान्टिक बनाउँछ । रोमान्टिक लाइफ स्टाइल भएका मानिसहरुको सूचीमा आइरिश उच्च स्थानमा छ ।
स्वीडेनः स्वीडेनका सुन्दरीहरुको प्यारी मुस्कुराहटले मन्त्रमुग्ध नहुने सायदै कम छन् । उनीहरु यति हसिला हुन्छन् की लाग्छ यहाँ सँधै खुशीयाली छ । एक वैज्ञानिक अध्ययनका अनुसार स्वीडेन यूरोपकोपनि सबैभन्दा उत्कृष्ट देश हो । विश्वका असल पति र पत्नी भएको देश भनेर पनि चिनिन्छ । उनीहरुको सम्बन्ध यति मिठासपूर्ण छ कि कहिलै दिग्दारी छैन । सधैं हाँसी खुशी मात्र । यहाँ महिला पुरुष सबै बराबर सहभागिता जनाउँछन् । घरको कामदेखि अफिसको काम समेत बराबर हिस्सा ठान्छन् । उनीहरु एक अर्कालाई अत्यन्तै आदर गर्छन् । रोमान्टिक बन्न यहाँ कसैले कही बन्देज लगाउँदैन । उनीहरु सार्वजनिक स्थल पार्क रेष्टुरेण्ट, घर किचेन जहाँतहीँ रोमान्टिक अभ्यास गरिनै रहेका हुन्छन् ।
अमेरिकाः अमेरिका अत्यन्तै मानवीय स्वतन्त्रता भएको देश हो । यो रोमान्टीकपनाको महासागर नै हो भन्ने गरिन्छ । यहाँ मानिसहरु पलपल रोमान्टीक बन्न पाउँछन् र बनिरहेका पनि हुन्छन् । फिल्म हलमा नै, पार्कमा नै, समुन्द्री किनारामा नै अंकमाल गर्नु, चुम्बन गर्नु सामान्य जस्तै हो । यहाँका मानिस खुबै रोमान्स गर्छन् । सबैलाई मन्त्रमुग्ध बनाउँछन् ।
लेबनानः लेबनानीहरु त हेर्दैमा अति नै सुन्दरी महिला, आकर्षक पुरुषले भरिएको भूगोल हो । उनीहरुको बाहिरी रुप हेर्दा मात्र नै मानिसहरु पल पल रोमान्टिक हुन्छन् । उनीहरु यति शानदार र मायालाग्दा देखिन्छन् कि जो कोहीलाई एकपटक छुन पाएपनि हुन्थ्यो भन्ने लाग्छ । स्वतन्त्रताको हिसाबले त्यती सहज नभएपनि यो देशका मानिसहरु खुबै रोमान्टिक रसिला हुन्छन् । विश्वका मानिसले उनीहरुलाई रुचाउँछन् ।
ब्राजिलः ब्राजिलियनहरु खुबै हसिला, मोज मस्तिमा आफूलाई हराउन चाहाने । रोमान्टिकपना पलपलमा चाहाना राख्ने । साथी फेरिरहने । स्वतन्त्र र खुल्ला रुपमा आफूलाई छोड्ने स्वभावका हुन्छन् । रोमान्टिकपनामा उनीहरु उच्च श्रेणीमा छन् । उनीहरुमा कुनै संकोच, डर र भय छैन । निर्धक्क एक अर्का रोमान्समा हराउँछन् ।
फ्रान्सः फ्रान्सको पेरिस त प्रेमीहरुको शहर भनेर चिनिन्छ । फ्रान्सीसीहरुमा कुनै अतिशयोक्ति छैन । उनीहर वास्तुकला, संगीत, कला, सिनेमा, भोजनमा खुबै रमाउँछन् । उनीहरु कार भित्र बडो रोमान्टिकपनामा हराइरहेका भेटिन्छन् ।
इटालीः इटालियनहरु दुनियाँका सबैभन्दा रोमान्टिक मानिसहरु भनेर चिनिन्छन् । उनीहरु आफूलाई स्वतन्त्र परेवाझै रोमान्समा उडाउन चाहान्छन् । उनीहरुको स्वभाव यस्तो छ कि भेट भएको केही क्षणमा नै एक अर्का नजिक हुन्छन् ।
अर्जेण्टिनाः अर्जेण्टीना इटाली र स्पेनका प्रवासिहरु मिलेर बनेको देश हो । यी दुई प्रवासीको समिश्रणबाट त झनै अत्याधिक रोमान्टिक मानिसहरुको जन्म भइरहेको भन्ने तथ्य बाहिर आएको छ । उनीहर आफ्नो पार्टनरसँग रोमान्टिकपन पलपल चाहन्छन् । काममा नै उनीहरु रोमान्स खोज्छन् । दुनियाँका खुशी मानिस बस्ने शहर भनेरपनि चिनिन्छि ।
स्पेनः युरोपको सबैभन्दा रोमान्टिक मानिसहरु भएको देश हो स्पेन । यहाँ इटली र फ्रान्सका आप्रवासीहरुपनि धेरै छन् । स्पेनिश भाषा, प्रकृति, सांस्कृतिक विरासत, भोजन नै महान रोमान्टिक मुडको स्रोत हो । यसैले यहाँका मानिसहर खुबै रोमान्टिक हुन्छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप