‘जवानी ताजा ताजा छ’ सार्वजनिक (भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर ३

धरानः लोकप्रिय गायक यम बराल र गायिका उर्मिला लाम्गादेको युगल गायनमा रहेको ‘जवानी ताजा ताजा छ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमिल शैलीको यस गीतका शब्द आनन्द अधिकारीले लेखेका हुन् भने शिखर सन्तोषले यस गीतलाई संगीतबद्ध गरेका हुन् । यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा नायक नाजिर हुसेन र उषा उप्रेतीको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । रविन्द्र न्यौपानेले छायांकन गरेको यस भिडियोलाई दिपेन्द्र शाही ठकुरीले कोरियोग्राफ गरेका हुन् । भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ । ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको यस भिडियोलाई सुदिप बरालको निर्देशनमा तयार पारिएको हो ।
१३ वर्षपछि गायन यात्रामा फर्किएकी लाम्गादेले केही महिनाअघि ‘लिन आउछु भन्थ्यौ’ बोलको गीत सार्वजनिक गरेकी थिइन् । न्युयोर्कमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेकी गायिका लाम्गादे गायनसँगै अभिनयमा समेत रुचि राख्ने गर्छिन् ।
उनले यसअघि ‘दलन’ नामक टेलिचलचित्र र चेतनामुलक विज्ञापनहरुमा अभिनय गरिसकेकी छिन् । सार्वजनिक गरिएको यस गीतको भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पूर्ण दर्शक स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप