प्रदेश १ प्रहरीको समीक्षा कार्यक्रम


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर ३

विराटनगरः १ नम्बर प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित गरिएको कार्य सम्पादन सम्झौता प्रगति समीक्षा कार्यान्वयनको चौमासिक कार्यक्रम १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङगणमा सम्पन्न भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद चौधरी, प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी, सशस्त्र प्रहरी गण मुख्यालय रानी, दंगा नियन्त्रण प्रहरी गण दुहबी, जिल्ला प्रहरी कार्यालय झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा र उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षकहरु र प्रदेश प्रहरी तालिम केन्द्र रानीका सह समादेशक प्रहरी नायव उपरीक्षकको सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित सबै कार्यालय प्रमुखहरूले चार महिनाको आ–आफ्नो कार्य सम्पादनको प्रगती विवरण सहितको प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा प्रहरी नायब महानिरीक्षक कार्कीले कार्य सम्पादनको समीक्षा गर्दै देखिएका कमी कमजोरीलाई औल्याउदै सबैले आफ्नो स्थानबाट आत्मसमीक्षा गरी जनमानसमा प्रभावकारी ढंगबाट प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए ।
निर्देशनकै क्रममा प्रहरी नायब महानिरीक्षक कार्कीले प्रहरी हवल्दार तथा जवान लक्षित उत्प्रेरणा अभिवृद्धि २०७७ लाई अक्षरश पालना गर्न गराउनुपर्नेमा जोड दिए । प्रगति समीक्षा कार्यक्रममै संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चौधरीले अपराध तथ्याङ्क विश्लेषण प्रस्तुति तथा अपराध अनुसन्धानमा देखिएका कमी कमजोरीमाथी प्रकाश पार्दै वस्तुनिष्ट र पारदर्शी अपराध अनुसन्धानमा सबै प्रहरी व्यवसायिक रूपले कर्तव्यनिष्ठ भई काम गर्नु पर्ने बताए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप