बिर्तामोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर ३

बिर्तामोडः झापाको बिर्तामोडमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत भएको दुर्घटनामा दुईजना घाइते समेत बनेका छन् । मे२प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–३ का ११ वर्षीय दिप्सन कँडेल र २४ वर्षीय कुशल लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयभ झापाले जनाएको छ ।
झापाका प्रवक्ता राकेश थापाका अनुसार मोटरसाइकलमा पछाडि बस्ने सोही वडाकी ३९ वर्षीया सावित्रा कँडेल र ३१०२०४२ प ७९८२ नम्बरको ‘अनटेस्ट’ लेखिएको अर्को मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ बस्ने २२ वर्षीय गगन तामाङ घाइते बनेका छन् । उनीहरू दुवै जनाको बिर्तामोडमा रहेको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।
पूर्व जाँदै गरेको मे २ प ४८४७ नं को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ३१०२०४२ प ७९८२ नं को ‘अनटेस्ट’ लेखिएको मोटरसाइकलमा एकआपसमा ठक्कर खाई अनियन्त्रित भई पल्टिएका थिए । सोही समयमा पश्चिमबाट आइरहेको ना६ख ३३५० नम्बरको ट्रकले सो मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप