२३ वर्षीया युवतीले जाहेरी दिएपछि चार महिनापछि युवा समातिए


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर ३

विराटनगरः मोरङमा २३ वर्षीया युवती बलात्कृत भएको घटना ४ महिनापछि सार्वजनिक भएको छ । ती युवती गत साउनको १ गते साँझ बलात्कृत भएको भनिएको छ ।
बलात्कार गरेको भन्दै युवतीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले २४ वर्षीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङकै जहदा गाउँपालिका–५ का २४ वर्षीय विशाल सोनार ठाकुर रहेका छन् । प्रदेश १ प्रहरी कार्यालय रानी, विराटनगरबाट खटिएको प्रहरीले रंगेली नगरपालिका–७ मधुवनीबाट मंगलबार उनलाई पक्राउ गरेको हो । प्रलोभनमा पारी महिलालाई बलात्कार गरेको भनिएको सो घटना बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप