जसले भेट्टाएको ६ तोला सुन फिर्ता गरे


  • हाम्रो कोशी आवाज
  • २०७७ कार्तिक २८

बराहक्षेत्रीः बराहक्षेत्रका एक व्यक्तिले भेट्टाएको सुन फिर्ता दिएका छन् ।
बराहक्षेत्र–२ बस्ने सुमन बस्नेतले हराएको सुन फेला पारी सम्बन्धित धनीलाई बुझाएपछि सुनधनीमा हर्षको सीमा रहेन । उनले सुनसँगै २२ सय रूपैयाँ पनि फेला पारेका थिए ।
गत २६ गते बराहक्षेत्र–३ स्थित बाङ्गेबाट चतरा जाने क्रममा रामधुनी–६ झुम्का बस्ने दिलकुमारी पन्तको सुन हराएको थियो । माइती घर उदयपुर जाने क्रममा को१ख १३४३ नम्बरको बसमा यात्रा गर्ने क्रममा उनले बोकेको झोला गाडीबाट झरेर हराएको थियो । त्यसपछि उनले बराहक्षेत्र नगरपालिका वडा नम्बर २ इलाका प्रहरी कार्यालय चतरामा निवेदन दिइन् । निवेदनको आधारमा प्रहरीले खोजी गरेको थियो । बस्नेतले फेला पारी इलाका प्रहरी कार्यालय चतरामा बुझाएका थिए । इलाका प्रहरी कार्यालय चतरामार्फत् सम्बन्धित धनीलाई हराएको सामानसहित जिम्मा लगाएका थिए । -तस्वीरः बराह दर्पण

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप