धरानलाई योगदान गर्ने सांसद इन्द्रहाङ लिम्बूको निधन

जसले जीवनभर साइकलमै हिँडेर सेवा पनि गरे


  • हाम्रो कोशी आवाज
  • २०७७ कार्तिक २७

धरानः राष्ट्रियसभाका पूर्व सांसद इन्द्रहाङ लिम्बूको निधन भएको छ ।
कोरोना सङ्क्रमणका कारण उनको निधन भएको धरान–१८ का वडाध्यक्ष प्रविन राईले जानकारी दिए ।
९२ वर्षीय लिम्बू प्यारालाइसिसको समस्याबाट पीडित थिए । होम आइसोलेसनमै रहेका बेला उनको बिहीबार निधन भएको हो । आइतबार स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका लागि लगिएको थियो । उनको सोमबार पोजेटिभ रिपोर्ट आएको उनले जानकारी दिए ।
उनी स्व. गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा राष्ट्रियसभामा नियुक्त भएका थिए । शुरुमा कांग्रेस पार्टीमा आबद्ध उनी कांग्रेस छाडी जनमुक्ति पार्टीमा पुगेका थिए । त्यसपछि उनी जनमुक्ति छाडेर काठमाण्डौंमा सम्पन्न नेकपा (माओवादी) को पाँचौ विस्तारित बैठकले किरात गणराज्यअन्तर्गत रहेको लिम्बुवान–खम्बुवानलाई छुट्टै स्वायत्त प्रदेशको मान्यता दिने निर्णय गरेपछि उनी माओवादीमा प्रवेश गरेका थिए । फेरि पछि पुनः उनी कांग्रेसमा फर्किएका थिए ।
उनी सादा जीवन बिताउन रुचाउँथे । लाहुरे उनी साइकलमै हिँड्न रुचाउँथे । भन्थे– कार चढ्ने हैसियत भएपनि म स्वास्थ्यका लागि पनि साइकल चढछु । खासमा भन्ने हो भने साँच्चै राजनीतिकर्मीले सुविधाभोगी होइन, जनताको सेवा गर्नुपर्छ । राजनीतिकर्मीले साइकल चढ्नुपर्छ, जनताको सेवा गर्नुपर्छ, त्यही भएर पनि म राजनीतिकर्मी हुँ, म मा कार चढ्ने हैसित होला तर जीवनभर साइकलमै जनताको सेवा गरिरहन्छु ।
उनले धरानको विकास निर्माणमा योगदान समेत गरेका छन् । उनी सामाजिक व्यक्तित्वका रुपमा समेत परिचित थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप